
Jns
Rgp
Rgp
Dbs
Rgp
Dus
Sgp
Asb
lnp
Rgp
Lks
Usb
ksb
Lnp
Ggp
Ggp


दाङ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी र प्रहरी प्रमुख सुरेश प्रसाद काफ्लेले लमही नगरपालिका वडा नम्बर ९ मा रहेको अस्थायी प्रहरी चौकी रिहारको स्थलगत अनुगमन तथा निरीक्षण गर्नु भएको छ ।
शान्ति–सुरक्षा र अमन चयन कायम राख्ने र जनतालाई सुरक्षा दिनु आफुहरुको पहिलो प्राथमिकता भएको प्रमुख जिल्ला अधिकारी रेग्मीको भनाई रहेको छ । माघे संक्रान्ति अर्थात माघ १ गतेदेखि रिहारमा भब्य मेला लाग्ने भएको हुँदा सो मेलालाई कसरी व्यवस्थित तरिकाले सम्पन्न गर्न सकिन्छ भन्ने उदेश्यले त्यस क्षेत्रको अनुगमन गरेको प्रहरी प्रमुख काफ्लेले जानकारी दिनु भयो ।
प्रमुख जिल्ला अधिकारी रेग्मीको नेतृत्वमा शुक्रबार रिहार पुगेको टोलीले मेला स्थलको बस्तुस्थिति बारे बुझेको हो। अस्थायी प्रहरी चौकीमा पुग्नु भएका प्रमुख जिल्ला अधिकारीले शान्ति सुरक्षाका बिषयमा कसै संग सम्झौता नगर्न सुरक्षाकर्मीलाई निर्देशन दिनु भएको छ । अनुगमनमा पुग्नु भएका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई त्यहाँको भौगोलिक बस्तुस्थितिका बारेमा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भेषबहादुर केसीले अवगत गराउनु भएको थियो ।
त्यस्तै राष्ट्रिय अनुसन्धान दाङका प्रमुख अर्जुन भण्डारी, लमही नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भेषबहादुर केसी (रमेश) पत्रकार लगायतको उस्थिती उक्त अनुगमन कार्यमा रहेको थियो ।
