अजय मिश्र/कपिलवस्तु बिहिबार, पुष २२, २०७८

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले शहरी विकास तथा भवन निर्माण विभाग संग कृष्णनगरमा पर्यटकीय पूर्वाधार निर्माण, भन्सार क्षेत्र विकास तथा बजार सुन्दरीकरणका लागि आयोजना सवीकृत गर्न माग गरेका छन् ।

त्यस्तै उक्त पत्रमा लुम्बिनी प्रदेश कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका जिल्लाको दक्षिण पश्चिम भारतसंग जोडिएको कृष्णनगर बजार यस नगरपालिकाको सबैभन्दा पुरानो बजार रहेको अवगत गराउदै नगरपालिकाको सिमादेखि लगभग २०० मिटर पर भारतको बढ्नी रेल्वेस्टेशन रहेको र भारतको राजधानी नयाँ दिल्ली पुग्न रेलबाट १०-११ घण्टा लाग्ने कुरा दर्शाइएको छ ।

यस्तै नेपाल घुम्न आउने पर्यटकको लागि पर्यटकीय पूर्वाधार नरहेको कृष्णनगर नगरपालिकामा पर्यटकीय पूर्वाधार निर्माण,बजार सुन्दरीकरण तथा धेरै राजस्व संकलन हुने कृष्णनगर भन्सार क्षेत्र विस्तार तथा सुन्दरीकरण गर्न आवस्यक आयोजना स्वीकृत गर्न नगर प्रमुख शाहको हस्ताक्षरित पत्र सहित आयोजना माग गरिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]