Sidha Patra आइतबार, पुष १८, २०७८

दाङ । दाङको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्ष पदमा यमकान्त भण्डारी विजयी हुनु भएको छ । उहाँले १९८६ मत ल्याएर विजयी हुनु भएको हो ।

त्यस्तै उहाँले आफ्ना प्रतिद्वन्दी पवनराज बुढाथोकीलाई २१९ मत अन्तरले पराजित गर्नु भएको छ । बुढाथोकीले १७६७ मत ल्याउनु भएको छ भने अर्का अध्यक्ष पदका उम्मेद्धार दिपक धितालले २६४ मत ल्याउनु भएको छ ।

यसैगरी निर्वाचन समितिले आधिकारी विजयीको घोषणा गरेको छ । संस्थाको शनिबार भएको निर्वाचनको मतपरिणाम अनुसार कोषाध्यक्ष बाहेक अन्य पदमा ९ दलिय गठबन्धननै विजयी भएको छ ।
त्यस्तै उपाध्यक्ष पदमा सिताराम शर्मा विजयी हुनु भएको छ । उहाँले २२७२ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका प्रतिपक्षमा रहेका गिरीधारी पौडेलले १४८५ मत ल्याउनु भएको छ भने पुर्णप्रसाद धितालले ७१ मत प्राप्त गर्नु भएको छ ।

यस्तै सचिव पदमा सेवकराम भण्डारीले २८३८ मत ल्याएर विजयी हुनु भएको छ भने उहाँका प्रतिपक्षमा रहेका दामोदर लामिछानेल ६८४ मत ल्याएर पराजित हुनु भएको छ । त्यस्तै कोषाध्यक्ष पदमा भोलाप्रसाद थापा विजयी हुनु भएको छ । उहाँले १७०२ मत ल्याएर विजयी हुनु भएको हो । त्यस्तै उहाँका प्रतिपक्षमा रहनु भएका भद्र बहादुर वलीले १५१६ मत ल्याएर पराजित हुनु भएको छ । मेघराज न्यौपानेले ३०४ मत ल्याउनु भएको छ भने अर्का प्रतिपक्षमा रहनु भएका कर्ण बहादुर वलीले ८७ मत मात्रै प्राप्त गर्नु भएको छ ।

त्यस्तै पुरुष सदस्यमा लक्ष्मण केसीले २५६४ मत प्राप्त गरी विजयी हुनु भएको छ । यस्तै पदम बहादुर खड्काले २०७८ र शोविन्द्र चन्दले १३११ मत प्राप्त गर्नु भएको छ । यस अघि नै महिला सदस्यहरु सहमतिमै विजयी भै सक्नु भएको छ । संस्थामा ७ हजार ४ सय ६७ जना मतदाता रहेकोमा जम्मा ४ हजार ४०५ मत मात्रै खसेको निर्वाचन समितिले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]