दाङ । देउखुरीको लमहीमा नेपाल अभिभावक महासंघ लुम्बिनी प्रदेशको प्रथम साधारणसभा सम्पन्न भएको छ ।
शनिबार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष हेम थापाको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष सुप्रभात भणडारीको प्रमुख आतिथ्यम उक्त सभा सम्पन्न भएको हो ।
प्रदेश स्तरका विभिन्न स्थानमा रहेका विद्यालयका आभिभावकहरुले गर्नुपर्ने दायित्व तथा अभिभावक हरुको उचित अधिकार प्राप्तिका निम्ति सम्बन्धित निकायमा सहजिकरण गर्ने उद्देश्यले गठित महासंघको प्रथम साधारण सभा गरिएको आयोजकले जनाएको छ ।
महासंघका सचिवालय सदस्य तथा कार्यक्रम संयोजक भुमाण्डप केसीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा संघका कोषाध्यक्ष रामप्रसाद गैरेबाट आर्थिक विवरण प्रस्तुत गरिएको थियो ।
त्यस्तै कार्यक्रममा लुम्बिनी प्रदेशका शिक्षा तथा समन्वय इकाईका शिक्षा शाखा प्रमुख माधवप्रसाद पोख्रेल,गैरसहकारी संस्था माहासंघ दाङ जिल्ला उपाध्यक्ष उमाकान्त पन्त,संस्थागत विद्यालय लुम्बिनी प्रदेश प्रतिनिधि: टोपेन्द्र खनाल,नमुना विद्यालय कालिका मावि बुटवलका विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष: नित्यानन्द ज्ञवाली,कार्यक्रममा सहभागी अथिती तथा बुद्धिजीवी/ समाजसेवी शिल्पा चौधरी,गढवा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख : देवराज पाठक,पुर्वी रुकुम निवासी लुम्बिनी प्रदेश उपाध्यक्ष दिलकुमारी मल्ल लगायतले मन्तव्य राख्नु भएको थियो ।
महासंघको कार्यालय संचालनका लागि निशुल्क कार्यालयकक्ष प्रदान गराउनु भएकोमा बुटवल निवासी बसन्ता गैरे र जेष्ठ नागरिक ८४ वर्षिय इश्वरीप्रसाद उपाध्यायलाई सम्मानित गरिएको थियो भने कार्यक्रम सभाहलमा देउखुरी पब्लिक इ.बो. स्कुलका छात्राहरुले नृत्य प्रस्तुत गरेका थिए।
कार्यक्रमको संचालन संघका सचिब झबीन्द्र पौडेलले गर्नु भएको थियो ।
उपस्थित भेलाले हेम थापाको अध्यक्षतामा १५ सदस्यीय लुम्बिनी प्रदेश स्तरीय नेपाल अभिभावक महासंघ नयाँ कार्य समिति चयन गरेको छ भने लमही निवासी भुमाण्डप केसीको अध्यक्षतामा १५ सदस्यीय दाङ जिल्ला कार्यसमिति समेत गठन गरेको छ । जस अन्तर्गत:
उपाध्यक्ष – मोहन कुमार पाण्डे
महिला उपाध्यक्ष – जया रावल
सचिव – दिपक कुमार यादव
कोषाध्यक्ष – किसन भट्टराई
सह सचिव – लक्ष्मी चौधरी
सदस्य – रमेशमान रोका क्षेत्री
सदस्य – कल्पना घिमिरे
सदस्य – तारा प्रशाद चौधरी
सदस्य – महेश कुमार अधिकारी
सदस्य – कृष्ण प्रशाद गैरे
सदस्य – हरि कुमार यादव
सदस्य – सपना कवर
सदस्य – उमाकान्त पन्त
सदस्य – टंक बहादुर कुमाल रहनुभएको छ ।