
Csb
jsb
Ssb
Usb
Ksb
Ksb
Fmb
Ksb
Rks
Ppu
Rsb
Nsb
Ssb
Gsb
Bsn
Tgp

Gsb
Usb
Ssb
Tsb
Hl1

Rgu
ptl
Nps
दाङ । देउखुरी मोबाइल व्यवसायी संघले आफ्नो स्वर्गीय सदस्यको परिवारलाई ३० हजार बढीको मोबाइल सामग्री शनिबार एक कार्यक्रमको बीचमा निवासमै पुगेर हस्तान्तरण गरेको छ ।
संघका अध्यक्ष बिजय सिंह ठकुरीको अध्यक्षता एवं संस्थापक तथा निवर्तमान अध्यक्ष भिम भुसालको प्रमुख आतिथ्यतामा लमही नगरपालिका वडा नम्बर ८ सतबरिया स्थित श्यानु मोबाईल रिपेरिङ सेन्टरका संचालक स्वर्गीय शोभाकर चौधरीका श्रीमती रजनी चौधरीलाई उक्त मोबाईल सामग्री हस्तान्तरण गरिएको हो ।
उक्त मोबाईल सामग्री हस्तान्तरण गर्दै प्रमुख अतिथि भुसालले देउखुरी मोबाईल संघले आफ्नो स्थापना कालदेखि नै विभिन्न जनचेतनामूलक कार्यक्रमहरु र दुखी,गरिव,निम्न वर्ग असाहयलाई सहयोग गरेको बताउनु भयो ।
देउखुरी मोबाईल व्यवसायी संघका सदस्य समेत रहेका चौधरीको गत वर्ष निधन भएकोले उनको निधन भएपछि संघले घरपरिवारलाई थोरै भएपनि राहत स्वरुप मोबाईल सामग्री हस्तान्तरण गरेको संस्थापक तथा निवर्तमान अध्यक्ष भुसालले सिधा-पत्र डटकमलाई जानकारी दिनु भयो ।
संघका वरिष्ठ उपाध्यक्ष राजु गिरीको स्वागत मन्तव्यबाट शुरु भएको उक्त मोबाईल सामग्री हस्तान्तरण कार्यक्रममा संघका प्रवक्ता टोपलाल भुसाल,संचार कर्मी टेकबहादुर पुनले बोल्नु भएको थियो । कार्यक्रममा स्वर्गीय चौधरीका श्रीमती रजनी चौधरीले हार्दिक धन्यवाद ज्ञापन व्यक्त गर्नु भएको थियो ।
त्यस्तै सो कार्यक्रममा देउखुरी मोबाईल व्यवसायी संघका अन्य पदाधिकारीको समेत सहभागी रहेको थियो भने कार्यक्रमको संचालन संघका महासचिव राजु कुमालले गर्नु भएको थियो ।
