Sidha Patra शनिबार, पुष १७, २०७८

दाङ । कैदि फरार प्रकरणमा थुनामा परेका घोराही कारागारका जेलर युवराज परियार शुक्रबार रिहा भएका छन् ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जेलर परियार हिजो शुक्रबार नै अदालतको आदेशले रिहा भएको जानकारी दिनु भएको छ । पक्राउ परेका तीन प्रहरीसहित अन्य ६ जना भने थुनामै रहेका छन् ।

त्यस्तै, घोराही कारगारको समेत जिम्मेवारी प्रदान गरिएका तुलसीपुर कारागारका जेलर अमर वलीले भने जिम्मा जमानीमा छुटेको बताउनु भएको छ । घटनाका बारेमा अनुसन्धान जारी रहेकाले जेलर परियारलाई खोजेको बेलामा उपस्थित हुने गरी छोड्न आदेश भएको वलीले बताउनुभयो ।

फरार कैदि नाइके यमराज परियार र जेलर युवराजका बीचमा दाजुभाइको जस्तै सम्बन्ध रहेको र त्यही भएर कारागारभित्रै पनि यमराजलाई दिनै नमिल्ने सेवा सुविधा र अधिकार दिएको आरोप बाहिरएको थियो । पुस ८ गते कारागारका नाइके यमराज परियार प्रहरीकै मोटरसाइकल लगेर भागेपछि घटना अनुसन्धानका लागि भन्दै जेलर परियार पुस १२ गते सात जना पक्राउ परेका थिए ।

कर्तव्य ज्यानमुद्दामा साढे सात वर्ष कैद भुक्तान गरेका कारागारका नाइके परियारलाई जिल्ला अदालतबाट २० वर्ष सजाए तोकिएको छ । फरार नाइके परियारको खोजी कार्यका लागि केन्द्रीय अनुसन्धान ब्युरोको टोली पनि खटिएको स्रोतले जानकारी दिएको छ ।

नाइके यमराजलाई भगाउन तीन जना प्रहरीको समेत मिलेमतो रहेको पाइएको भन्दै हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । घटनामा संलग्न प्रहरीका बारेमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता डिएसपी मुकुन्दप्रसाद रिजालको नेतृत्वमा एउटा छानबिन समिति गठन गरिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]