Sidha Patra शनिबार, पौष १७, २०७८

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण कार्य शुरु गरेको छ ।

स्थानीय विषयवस्तुहरूलाई समेटेर पाठ्यक्रम निर्माण कार्य सुरु भएको हो । पाठ्यक्रम निर्माण भएपछि शैक्षिक सत्र २०७९ देखि उपमहानगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा पढाइ सुरु हुने छ । कक्षा १ देखि ८ सम्मका लागि पाठ्यक्रम तयार पार्न लागिएको तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्रबहादुर भण्डारीले बताउनु भयो ।

त्यस्तै उपमहानगरपालिकाको भौगोलिक तथा जनसंख्याको अवस्था,भाषा,संस्कृति,परम्परा, चाडपर्व,जातजाति, भेषभूषा, धर्म,प्राकृतिक सम्पदा, पर्यटकीय क्षेत्र,वातावरण,ऐतिहासिक तथा सांस्कृतिक संरचना,पर्यावरणीय सचेतना तथा प्राकृतिक तथा मानवजन्य प्रकोप न्यूनीकरण र विपद् व्यवस्थापन लगायतका विषयहरू पाठ्यक्रममा समावेश हुने छन् ।

यस्तै शैक्षिक अवस्था,संरचनागत धारणा,पेसागत धारणा तथा सामाजिक रहनसहन र मूल्यमान्यता, कृषि व्यवसाय तथा पशुपंक्षी पालन,परम्परागत चिकित्सा एवं प्राथमिक उपचार विधि,उद्योग एवं कलकारखाना,खेलकुद,सञ्चार प्रविधि लगायतका विषयमा पनि पाठ्यक्रममा समावेश हुने भएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]