कपिलवस्तु । चिनीया नागरिकलाई कारबाहीको माग गर्दै कपिलवस्तुको तौहिलावामा प्रर्दशन गरिएको छ । कोरोना भाईरसका कारण लकडाउनको उल्लघन गर्दै स्वदेश फिर्ताको माग गर्दै सिहंदरबार अगाडी बिरोध प्रर्दशनका क्रममा नेपाल प्रहरी माथी हातपात गर्न चिनियालाई कार्वाहीको माग गर्दै सभ्य प्रर्दशन गरीको हो ।
तौलिहवा स्थित प्रशासन कार्यालय अगाडी सामाजिक दुरी कायम गरी ५ जना युवाहरुले छातीमा कारबाहीको माग सहीतको कार्ड टागेरा सभ्य तवरले प्रर्दशन गरेको युवा नेता इरफान खानले बताउनु भयो । ड्युटीको पालना गरीरहेको प्रहरीमाथी चिनिया नागरिकले बर्दी तान्ने, धकेल्ने र हातपात गनै कार्य निन्दनीय रहेको भन्दै दोषीमाथी कडा कारबाही हुनु पर्न खानले माग गर्नु भयो ।
कारले जारी गरेको लकडानउको उल्ंलघर्न गदै बिरोध प्रर्दशन गनै र उल्टै प्रहरीमाथी जाई लाग्ने कार्य निन्दनीय रहेको भन्दै त्यसमा संलगनलाई कारबाही हुनुपर्ने प्रर्दशन गरेका युवा नेता राम निवास यादवले बताउनु भयो ।
शुक्रवार सिंहदरबारमा चिनियाँ नागरिकले सिंहदरबारमा स्वदेश फिर्ता गर्न माग गर्दै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्दा चिनियाँ नागरिकले अटेर गरी उल्टै प्रहरीलाई हात हालेपछि झडप भएको थियो ।
झडपमा एक जना महिला प्रहरी र तीन जना चिनियाँ नागरिक गरी चार जना घाइते भएको जनाइएको थिए । केही समयको झडप पश्चात प्रहरीले चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको थियो ।