
Gfs
pku
sbs
Pes
Pbu
Lnp
Unsku
Ggp
Sgr
Djs
Rgp
Rgp1
cjs
Srbpu

Ssm
Rgs
Asm
Pvg
Ksm
Gst
Hal
nsb
Vor
Tsm
Bbu
Rgu
Bbbpu
Wsp
Rgu
Sls
Ggd
Sbs
Rsb

Gsb
bbt
sab
Ptm
Pls
Jmb
Mks
Jmb
Rmb
Abd
Bml
Rpp
Syp
दाङ । राजपुर गाउँपालिकाको आयोजनामा विशेषज्ञ सेवा सहितको नाका स्तरीय नि:शुल्क एकीकृत घुम्ती स्वास्थ्य शिविर कार्यक्रम शुक्रबार भौवा नाकामा सम्पन्न भएको छ ।
यहीँ पौष ६ गते राजपुर गाउँपालिका वडा नम्बर १ पटौली नाकामा गाउँपालिका अध्यक्ष लोकराज केसी,उपाध्यक्ष धनपती देवी यादव,प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल,लेखा अधिकृत भरतमणी पोख्रेल,वडा नम्बर १ का वडा अध्यक्ष बिष्ण बहादुर बुढाले उक्त शिविर कार्यक्रमको संयुक्तरुपमा उद्घाटन गर्नु भएको थियो ।
त्यस्तै सो शिविर पटौली नाका हुँदै क्रमश:वडा नम्बर ६ खाङ्ग्रा नाका,वडा नम्बर ७ को भैसाही नाका यस्तै सोही वडाको भौवा नाकामा संचालन भएको थियो । नाकाका प्रमुख ४ स्थानका लागि (१) एक हजार जनालाई सेवा दिने उदेश्य र लक्ष्यका साथ संचालन भएको शिविरमा १२ सय ५० जनाले सेवा लिएको राजपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल बहादुर रोकायले जानकारी दिनु भयो ।
उक्त शिविरद्वारा स्त्रीरोग विशेषज्ञ सेवा,मेडिकल सेवा,via screening जाँच सेवा परिवार नियोजन आई.यू.सि.डी./इम्पलान्ट सेवा,गर्भवती अल्ट्रासाउन्ड सेवा,ल्याब सेवा,पहुँच नपुगेका लागि टि.भी.खोज पडताल,आयुर्वेद सेवा,निशुल्क औषधि वितरण सेवा गरि ९ वटा सेवा एकै साथ प्रदान गरिएको थियो ।
जस अनुसार पाठेघर जाँच सेवा मार्फत १७८,ल्याब सेवाद्वारा २०० जना,आई.यू.सि.डी./इम्पलान्ट सेवामा २३२,आयुर्वेद सेवा मार्फत ५०० जना,पहुँच नपुगेका लागि टि.भी.खोज पडताल १००,गर्भवती अल्ट्रासाउन्ड सेवामा ४० जना गरि जम्मा १२ सय ५० जनालाई सेवा दिएको प्रमुख रोकायले बताउनु भएको हो ।
त्यस्तै ४ दिन सम्म संचालन रहेको शिविर कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकराज केसी, उपाध्यक्ष धनपतीदेवी यादव,प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल,लेखा अधिकृत भरतमणी पोख्रेल,राजपुर स्वास्थ्य प्रमुख कमल बहादुर रोकाय राजपुर स्वास्थ्य चौकीका इन्चार्ज खिम रावत,बेला स्वास्थ्य चौकीका इन्चार्ज भानुप्रकाश चौधरी, डाक्टरहरु राजपुर गापाका डा.मेडिकल अधिकृत अर्बिन पोख्रेल,आस्था आचार्य,राप्ती प्रादेशिक अस्पतालका नर्सिङ अधिकृत रमा पराजुली, ल्या.टे.नि.दोय देविलाल डाँगी,उज्ज्वल कुमार पाण्डे,आयुर्वेद बेलाका प्रभा भट्टराई,राजपुरका सन्तोष भण्डारी लगायत जनप्रतिनिधि,कर्मचारी र स्वास्थ्य कर्मीहरु उक्त शिविरको उद्घाटन कार्यक्रम देखि सम्पन्नसम्म शिविर कार्यक्रमलाई भव्यका साथ सम्पन्न गर्नमा विशेष सक्रियताका साथ सहभागीता रहेको थियो ।
