
Rgp1
Sgr
Lnp
pku
Ggp
Pbu
Srbpu
Rgp
Unsku

Bbu
Hal
Sbs
Sls
Rgu
Wsp
Ggd
Pvg
Gst
Bbbpu
Asm
Tsm
Ssm
Ksm
Rgu
Rgs
Vor
nsb
Rsb

Jmb
Gsb
Bml
sab
bbt
Abd
Rmb
Rpp
Syp
Ptm
Mks
Pls
Jmb
दाङ । बबई गाउँपालिका वडा नम्बर १ गंगटेमा बिजुलि पुगेको छ । बबई गाउँपालिकाको ६७ लाख र नेपाल विद्युत प्राधिकरणको करिब २ करोड ५० लाख लागतमा गंगटेमा विद्युत पुगेको हो ।
स्थानीय सरकार आएपछि गाउँमा पहिलोपटक बिजुली बत्ति बलेको हो । बबई गाउँपालिका सदरमुकाम हपुरेदेखि करिब २४ किलोमिटर टाढा पर्ने गंगटेमा विद्युत विस्तार गरिएको हो ।
गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले बबई गाउँपालिकालाई नै उज्यालो बनाउने उद्देश्य अनुरुप गंगटेमा पनि विद्युत विस्तार गरिएको बताउनुभयो । गाउँपालिकाका विकट वस्तीमा विद्युत पु¥याउने योजना अनुरुप नै गंगटेमा पहिलोपटक विद्युत विस्तार गरिएको उहाँले बताउनुभयो ।
उहाँले विद्युत विस्तार हुनुमात्रै ठुलो कुरा नभएको भन्दै दिर्घकालिन बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । बिजुली पुगेपछि स्थानीयलाई मोबाईल चार्ज गर्न, बत्ति बाल्न, गाउँमा विद्युतिय मिल संचालन गर्न सहज हुने भएको छ ।
विद्युत नहुँदा बालबालिकालाई पढ्न समेत समस्या हुने गरेको थियो । गाउँमा विद्युत आएपछि बालबालिकाले रातको समयमा ढुक्कले पढ्न पाउने भएका छन् । आर्थिक वर्ष २०७५÷७६ देखि शुरु भएको योजना करिब तीन वर्षपछि सम्पन्न भएको हो ।
