
Djs
Pes
Sgr
Srbpu
Ggp
Rgp1
Gfs
Pbu
pku
sbs
cjs
Lnp
Rgp
Unsku

Hal
Tsm
Vor
Gst
Wsp
Rsb
Rgu
nsb
Bbbpu
Sls
Sbs
Rgu
Rgs
Ssm
Ksm
Pvg
Bbu
Ggd
Asm

sab
Rpp
bbt
Jmb
Abd
Syp
Mks
Ptm
Bml
Jmb
Gsb
Rmb
Pls
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको राप्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको २४ औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशन एक कार्यक्रमका विच सम्पन्न भएको हो ।
कार्यक्रममा राप्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष भरतबहादुर बुढाथोकीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका सहकारी तथा रोजगार प्रवद्धन शाखा प्रमुख दोमलाल भुसालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाका सचिव रामबहादुर कुँवरले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष श्रीधर कुमार अधिकारी र लेखा समितिको प्रतिवेदन लेखा सुपरिवेक्षण समितिका संयोजक गोपाल गिरीले प्रस्तुत गर्नुभएको थियो ।
सहकारीले सहकार्य गराउँने भन्दै प्रमुख अतिथि दोमलाल भुसालले कुनै पनि संस्थाको उन्नती र प्रगतिको लागि सन्चालक र कर्मचारीहरुको भुमिका महत्वपूर्ण हुँने बताउँनुभयो । उहाँले राप्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले उल्लेखनीय काम गर्दै आएको र अवका दिनमा अझै अग्र पङ्क्तिमा रहेर काम गर्नेमा आशावादी रहेको बताउँनुभयो । साथै उहाँले संस्थाले स्थापनादेखि नै राम्रो काम गर्दै आएको हुँदा आफ्नो संस्थाको कमिकमजोरीलाई नियाल्दै अगाडि बढ्नुपर्ने र काममा दत्तचित्त भएर लाग्नुपर्ने बताउँनुभयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै पूर्व सन्चालक समितिका सदस्य डा. बिन बहादुर वलीले राप्ती बचत तथा ऋण सहकारी संस्थाले जनताको विश्वास जितेको र यो विश्वस्नीयतालाई टिकाउँन सम्पूर्ण कर्मचारी तथा संस्थाका सदस्यहरु लाग्नुपर्ने बताउँनुभयो । साथै उहाँले संस्थाको नाम उच्च राख्नको लागि कर्मचारीको भुमिका महत्वपूर्ण हुँने भन्दै काम गर्ने कर्मचारीको तलवमा संस्थाले कन्जुसाइ गरेको बताउँनुभयो । साथै उहाँले आजको बचतले भविष्य उज्वल बनाउँने हुँदा सबैले बचत गर्नुपर्छ भन्ने भावनाले काम गर्नुपर्ने बताउँनुभयो ।
यसैगरी कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा रेडियो मध्यपश्चिम सन्चालक समितिका अध्यक्ष मधुसुदन वैद्य, निर्वाचन संयोजक रेवतीरमण भट्राई, राष्ट्रिय सहकारी बैंकका दाङ शाखा प्रमुख डिल्लीराज दाहाल, संस्थाका पूर्व कोषाध्यक्ष माधव प्रसाद गौतम, सल्हाकार बम बहादुर डिसी, पूर्व कोषाध्यक्ष डा. अर्जुन कुमार बुढाथोकी, विष्णु जोसी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । संस्थाका उपाध्यक्ष कष्ण प्रसाद लम्सालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव राम बहादुर कुँवरले गर्नुभएको थियो ।
