Sidha Patra शुक्रबार, पौष ०९, २०७८

दाङ । दाङको घोराही स्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको लापरबाहीको कारण समयमा रिफर नगरिदिदा दाङमा एक शिशुको जन्म पछि मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १ का सुनिता थापालाई बिहीबार राति सुत्केरी ब्यथा लागेपछि, उनका जेठाजु निमबहादुर थापाले घोराहीमा रहेको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रातिको १:०० बजे अटो रिक्साको सहारामा भरना गर्न पुगेका थिए । यता सुनिताको सुत्केरी ब्यथासंगै धेरै रक्तस्राव समेत भैरहेको थियो । तर प्रतिष्ठानमा कार्यरत एक नर्सले सो समयमा डाक्टरहरु नभएको जनाउँदै सुत्केरीको अवस्था सामान्य छ । अहिले घर लैजानुस बिहान ८:०० बजे मात्र डाक्टरहरु आउनु हुन्छ । सो समयमा आउनु होला भन्दै नर्सले घर फर्काए ।

शुक्रबार बिहान सुनितालाई उनको जेठाजु निमबहादुरले ८:०० बजे प्रतिष्ठानमा पुराए । तर सो समयमा डाक्टरले पाँच घर खुलिसकेको हुँदा यहाँ सुत्केरी गराउन नसकिने भन्दै गैरजिम्मेवारीका साथ तत्काल नेपालगन्ज लैजान आग्रह गरे । त्यसपछि निमबहादुरले एम्बुलेन्स मार्फत घोराहीदेखि नेपाल गन्ज प्रस्थान गराए ।

नेपालगन्जको लागि तिब्रगतिमा एम्बुलेन्स चल्यो । घोराहीदेखि महेन्द्रराजमार्ग हुँदै कुदेको एम्बुलेन्स लमही नगरपालिका वडा नम्बर ९ अमिलियामा पुग्दा बित्तिकै शिशुको जन्म भयो । तर शिशुको मुखबाट कुनै शिशु आवाजनै आएन । त्यसपछि तत्काल एम्बुलेन्स चालक अर्जुन बिकले एम्बुलेन्स रोकेर अमिलियामा रहेको हाइवे हेल्थ क्लिनिकका सि.एम.ए.ताराबहादुर बस्नेतलाई डाकेर शिशुको अबस्था बुझ्न् लगाए । सि.एम.ए. बस्नेतले शिशुको अबस्था बुझ्दै साल काटे । उक्त समयमा नाल झरि सकेको थियो ।

त्यस्तै सि.एम.ए.बस्नेतका अनुसार शिशुको साल काट्ने समयमा हल्का स्वासप्रस्वास लिएको प्रतिक्रिया दिए । तर केही समय पछि,शिशुले स्वास लिन छाडेपछि,सि.एम.ए. बस्नेतले शिशुको मृत्यु भैसकेको बताए । शिशुको मृत्यु भएपछि,सोही एम्बुलेन्स मार्फत निमबहादुरले मृतक शिशुलाई घर फर्काए लगेका थिए ।

प्रतिष्ठानले सुत्केरी गराए बाफत एक लाखसम्म खर्च ल्याउछ:

त्यस्तै सोही एम्बुलेन्समा रहेका एक ब्यक्तिले नाम नबताउने सर्तमा प्रतिष्ठानले एक सुत्केरी गराए बाफत एक लाखसम्म खर्च ल्याउने गरेको आरोप लगाएका छन् ।

उनका अनुसार व्यक्ति हेरेर प्रतिष्ठानले सेवा दिने गरेको बताए । हामी जस्ता गरिब,दुखि निमुखालाई देखेपछि,प्रतिष्ठानले सेवा दिने सम्पूर्ण सेवा हुँदाहुँदै पनि अन्तै रिफर गर्छ । यस अघि पनि राजपुर गाउँपालिकाको कठबेरुका एक ब्यक्तिले आफ्नो श्रीमतीलाई सुत्केरी गराउदा एक लाख बराबरको सुत्केरी खर्च तिरेको बताए ।

यस्तै उनले भने प्रतिष्ठान पहिले सरकारी अस्पताल थियो । अहिले त ब्यक्तिले खरिद गरि संचालन गरेको प्रतिष्ठान त भयो । हामी जस्ताले कहाँबाट उपचार गर्न पाउने । यो शिशुलाई त्यहीँ सुत्केरी गराएर एन.आइ.सिमा भर्ना गरेको भए,अकालमा जन्म पछि मृत्यु अंगाल्नु पर्दैनथ्यो । हाम्रो दाङ भएर मात्र हो,तर पुर्वतिरको अस्पतालमा यस्तो घटना घट्ने हो भने प्रशासनमा आगो लागि सक्थ्यो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]