
Pes
Srbpu
pku
Ggp
Lnp
Sgr
Djs
sbs
Rgp1
Gfs
Pbu
Unsku
Rgp
cjs

Asm
nsb
Ggd
Sls
Rgu
Rsb
Tsm
Vor
Rgs
Sbs
Hal
Wsp
Ksm
Gst
Rgu
Bbu
Pvg
Bbbpu
Ssm

Mks
Jmb
Bml
Rmb
Ptm
Jmb
Syp
Abd
Gsb
Rpp
bbt
Pls
sab
दाङ । दाङको घोराही स्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको लापरबाहीको कारण समयमा रिफर नगरिदिदा दाङमा एक शिशुको जन्म पछि मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर १ का सुनिता थापालाई बिहीबार राति सुत्केरी ब्यथा लागेपछि, उनका जेठाजु निमबहादुर थापाले घोराहीमा रहेको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रातिको १:०० बजे अटो रिक्साको सहारामा भरना गर्न पुगेका थिए । यता सुनिताको सुत्केरी ब्यथासंगै धेरै रक्तस्राव समेत भैरहेको थियो । तर प्रतिष्ठानमा कार्यरत एक नर्सले सो समयमा डाक्टरहरु नभएको जनाउँदै सुत्केरीको अवस्था सामान्य छ । अहिले घर लैजानुस बिहान ८:०० बजे मात्र डाक्टरहरु आउनु हुन्छ । सो समयमा आउनु होला भन्दै नर्सले घर फर्काए ।
शुक्रबार बिहान सुनितालाई उनको जेठाजु निमबहादुरले ८:०० बजे प्रतिष्ठानमा पुराए । तर सो समयमा डाक्टरले पाँच घर खुलिसकेको हुँदा यहाँ सुत्केरी गराउन नसकिने भन्दै गैरजिम्मेवारीका साथ तत्काल नेपालगन्ज लैजान आग्रह गरे । त्यसपछि निमबहादुरले एम्बुलेन्स मार्फत घोराहीदेखि नेपाल गन्ज प्रस्थान गराए ।
नेपालगन्जको लागि तिब्रगतिमा एम्बुलेन्स चल्यो । घोराहीदेखि महेन्द्रराजमार्ग हुँदै कुदेको एम्बुलेन्स लमही नगरपालिका वडा नम्बर ९ अमिलियामा पुग्दा बित्तिकै शिशुको जन्म भयो । तर शिशुको मुखबाट कुनै शिशु आवाजनै आएन ।
त्यसपछि तत्काल एम्बुलेन्स चालक अर्जुन बिकले एम्बुलेन्स रोकेर अमिलियामा रहेको हाइवे हेल्थ क्लिनिकका सि.एम.ए.ताराबहादुर बस्नेतलाई डाकेर शिशुको अबस्था बुझ्न् लगाए । सि.एम.ए. बस्नेतले शिशुको अबस्था बुझ्दै साल काटे । उक्त समयमा नाल झरि सकेको थियो ।
त्यस्तै सि.एम.ए.बस्नेतका अनुसार शिशुको साल काट्ने समयमा हल्का स्वासप्रस्वास लिएको प्रतिक्रिया दिए । तर केही समय पछि,शिशुले स्वास लिन छाडेपछि,सि.एम.ए. बस्नेतले शिशुको मृत्यु भैसकेको बताए । शिशुको मृत्यु भएपछि,सोही एम्बुलेन्स मार्फत निमबहादुरले मृतक शिशुलाई घर फर्काए लगेका थिए ।
प्रतिष्ठानले सुत्केरी गराए बाफत एक लाखसम्म खर्च ल्याउछ:
त्यस्तै सोही एम्बुलेन्समा रहेका एक ब्यक्तिले नाम नबताउने सर्तमा प्रतिष्ठानले एक सुत्केरी गराए बाफत एक लाखसम्म खर्च ल्याउने गरेको आरोप लगाएका छन् ।
उनका अनुसार व्यक्ति हेरेर प्रतिष्ठानले सेवा दिने गरेको बताए । हामी जस्ता गरिब,दुखि निमुखालाई देखेपछि,प्रतिष्ठानले सेवा दिने सम्पूर्ण सेवा हुँदाहुँदै पनि अन्तै रिफर गर्छ । यस अघि पनि राजपुर गाउँपालिकाको कठबेरुका एक ब्यक्तिले आफ्नो श्रीमतीलाई सुत्केरी गराउदा एक लाख बराबरको सुत्केरी खर्च तिरेको बताए ।
यस्तै उनले भने प्रतिष्ठान पहिले सरकारी अस्पताल थियो । अहिले त ब्यक्तिले खरिद गरि संचालन गरेको प्रतिष्ठान त भयो । हामी जस्ताले कहाँबाट उपचार गर्न पाउने । यो शिशुलाई त्यहीँ सुत्केरी गराएर एन.आइ.सिमा भर्ना गरेको भए,अकालमा जन्म पछि मृत्यु अंगाल्नु पर्दैनथ्यो । हाम्रो दाङ भएर मात्र हो,तर पुर्वतिरको अस्पतालमा यस्तो घटना घट्ने हो भने प्रशासनमा आगो लागि सक्थ्यो ।
