
sbs
cjs
Srbpu
Djs
Lnp
Ggp
Gfs
pku
Pes
Sgr
Unsku
Pbu
Rgp
Rgp1

nsb
Rgu
Wsp
Rsb
Tsm
Ssm
Bbu
Sbs
Sls
Rgs
Ggd
Rgu
Gst
Pvg
Asm
Ksm
Hal
Bbbpu
Vor

sab
Jmb
Syp
Gsb
Abd
Bml
Rpp
Mks
Jmb
bbt
Rmb
Ptm
Pls
दाङ । बंगलाचुली गाउँपालिका पर्यटकीय क्षेत्रको रुपमा विकास हुन थालेको छ । बंगलाचुली पार्क संगै सडक सुविधा हुँदा बंगलाचुली गाउँपालिकामा चहलपहल बढ्न थालेको हो । कुनै समय सुक्खा र उजाड पहाडका रूपमा रहेको बंगलाचुली पहाड पछिल्लो समय पार्कको रूपमा विकास हुँदै गएको हो ।
बंगलाचुली गाउँपलिका वडा नम्बर ५ को मुर्कुटी बजारदेखि पूर्व–उत्तरमा रहेको अग्लो पहाडलाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यले केही वर्ष अघि सुक्खा डाँडाको रूपमा रहेको उक्त पहाड अहिले बंगलाचुली पार्कका रुपमा विकास भइरहेको छ । करिब दुई सय ५० रोपनी क्षेत्र रहेको उक्त ठाउँमा अहिलेसम्म विभिन्न भौतिक संरचनाहरु निर्माणका लागि करिब एक करोड रुपैयाँ खर्च भएको छ ।
त्यस्तै समुदायिक वन क्षेत्रमा पर्ने उक्त ठाउँलाई गाउँपालिकाकै प्रमुख पर्यटकीय स्थलका रुपमा विकास गर्नका लागि अहिलेसम्म भ्यू–टावर, प्रतीक्षालय, नाँचघर, पार्कको विभिन्न ठाउँमा बस्नका लागि कुर्सी, भ्यू–टावरको संरक्षणका लागि पर्खाल, गेट र उक्त क्षेत्रमा हिडडुल गर्नका लागि पक्की बाटो लगायतका विभिन्न संरचनाहरु निर्माण गरिएको छ ।
बंगलाचुली पार्कलाई थप आकर्षक बनाउनका लागि पिकनीक स्पोर्ट, खेल मैदान, मन्दिर, विवाह मण्डप लगायतका अन्य थुप्रै संरचनाहरु निर्माण गर्न बाँकी रहेको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले बताए । उनका अनुसार २०६४÷०६५ साल बंगलाचुली पर्यटकीय क्षेत्र पूर्वाधार समिति गठन गरेर उक्त क्षेत्रको विकासका लागि काम सुरु गरिएको हो । सुरुमा उक्त क्षेत्रलाई विकास गर्न सरोकारवाला निकायले चासो नदिँदा पछाडि पर्दै आएको गाउँपालिका अध्यक्ष वलीले बताए । उनका अनुसार यस क्षेत्रको पूर्वाधार विकासका लागि प्रदेश सरकार अन्तर्गत डिभिजन वन कार्यालयले ५० लाख रुपैयाँ खर्च गरेर गत वर्ष धेरै काम गरेको बताए ।
त्यस्तै यस वर्ष पनि कार्यालयले २० लाख रुपैयाँ विनियोजन गरेको र अन्य संरचना निर्माणको काम भइरहेको बताए । यसैगरी उक्त ठाउँको पर्यटकीय विकासका लागि गाउँपालिकाले करिब २० लाख रुपैयाँ र पर्यटन बोर्ड भैरहवाले तीन वर्ष अघि सुरुमा पाँच लाख रुपैयाँ खर्च गरेर भ्यू टावर निर्माणको सुरुवात गरेको समेत बताए । बंगलाचुली पार्कको पर्यटकीय विकासले यस क्षेत्रको समग्र विकासका लागि भूमिका खेल्ने बंगलाचुली गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष एनुराज खत्रीले बताए । उनले सामान्य पहाडको डाँडालाई पर्यटकीय रुपमा विकास गर्नका लागि विभिन्न संरचनाहरु निर्माण गर्दा अहिले आकर्षणको केन्द्र बन्दै गएको बताए ।
बंगलाचुली पहाडलाई पार्कका रूपमा विकास गर्नका लागि प्रदेश सरकार र गाउँपालिकाले बजेट विनियोजन गरेर विभिन्न संरचना निर्माण गर्ने काम भइरहेको उनले बताए । विभिन्न संरचना निर्माणले थप आकर्षक बनाउने बताए । पार्कलाई थप आकर्षक बनाउनका लागि हिड्ने बाटोमा रेलिङ राख्ने, विभिन्न प्रकारका विरुवा रोपिने समेत भएको छ । बंगलाचुली पार्क घोराही देखि ३२ किलोमिटरको दूरीमा रहेको छ । यस क्षेत्रमा फागुन चैत महिनामा लालिगुँरास फुले संगै झनै रमणीय र सौन्र्दय दिने काम गर्दछ । अग्लो स्थानमा भएको हुँदा यस स्थानबाट विभिन्न हिमालहरु पनि देख्न सकिने उनको भनाई छ । दैनिक पर्यटनको संख्या बढ्दै जाँदा फोहोर व्यवस्थापनमा भने केहि समस्या देखिएको वडा अध्यक्ष खत्रीले बताए ।
त्यस्तै घुम्न गएका व्यक्तिहरुले जथाभावी यत्रतत्र फोहोर प्याक्दीने भएकोले फोहोर बढेकोे उनको भनाई छ । तर पनि एक जना व्यक्तिलाई फोेहोर व्यवस्थित पार्नका लागि खटाएको हुँदा यसको पनि व्यवस्थापन हुँदै गएको बताए । प्युठान र दाङको सिमानामा पर्ने यस क्षेत्रलाई आगामी दिनमा पर्यटकको संख्यालाई बढाउनका लागि अझ व्यवस्थित बनाउँदै लैजाने उनको भनाई रहेको छ । साथै उनले फोहोर व्यवस्थापन गर्ने दायित्व सबैको भएको हुँदा आम नागरिक स्वंम जिम्मेवार बन्न आवस्यक रहेको बताए ।
