Sidha Patra बिहिबार, पौष ०८, २०७८

दाङ । बंगलाचुली गाउँपालिका पर्यटकीय क्षेत्रको रुपमा विकास हुन थालेको छ । बंगलाचुली पार्क संगै सडक सुविधा हुँदा बंगलाचुली गाउँपालिकामा चहलपहल बढ्न थालेको हो । कुनै समय सुक्खा र उजाड पहाडका रूपमा रहेको बंगलाचुली पहाड पछिल्लो समय पार्कको रूपमा विकास हुँदै गएको हो ।

बंगलाचुली गाउँपलिका वडा नम्बर ५ को मुर्कुटी बजारदेखि पूर्व–उत्तरमा रहेको अग्लो पहाडलाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यले केही वर्ष अघि सुक्खा डाँडाको रूपमा रहेको उक्त पहाड अहिले बंगलाचुली पार्कका रुपमा विकास भइरहेको छ । करिब दुई सय ५० रोपनी क्षेत्र रहेको उक्त ठाउँमा अहिलेसम्म विभिन्न भौतिक संरचनाहरु निर्माणका लागि करिब एक करोड रुपैयाँ खर्च भएको छ ।

त्यस्तै समुदायिक वन क्षेत्रमा पर्ने उक्त ठाउँलाई गाउँपालिकाकै प्रमुख पर्यटकीय स्थलका रुपमा विकास गर्नका लागि अहिलेसम्म भ्यू–टावर, प्रतीक्षालय, नाँचघर, पार्कको विभिन्न ठाउँमा बस्नका लागि कुर्सी, भ्यू–टावरको संरक्षणका लागि पर्खाल, गेट र उक्त क्षेत्रमा हिडडुल गर्नका लागि पक्की बाटो लगायतका विभिन्न संरचनाहरु निर्माण गरिएको छ ।
बंगलाचुली पार्कलाई थप आकर्षक बनाउनका लागि पिकनीक स्पोर्ट, खेल मैदान, मन्दिर, विवाह मण्डप लगायतका अन्य थुप्रै संरचनाहरु निर्माण गर्न बाँकी रहेको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले बताए । उनका अनुसार २०६४÷०६५ साल बंगलाचुली पर्यटकीय क्षेत्र पूर्वाधार समिति गठन गरेर उक्त क्षेत्रको विकासका लागि काम सुरु गरिएको हो । सुरुमा उक्त क्षेत्रलाई विकास गर्न सरोकारवाला निकायले चासो नदिँदा पछाडि पर्दै आएको गाउँपालिका अध्यक्ष वलीले बताए । उनका अनुसार यस क्षेत्रको पूर्वाधार विकासका लागि प्रदेश सरकार अन्तर्गत डिभिजन वन कार्यालयले ५० लाख रुपैयाँ खर्च गरेर गत वर्ष धेरै काम गरेको बताए ।

त्यस्तै यस वर्ष पनि कार्यालयले २० लाख रुपैयाँ विनियोजन गरेको र अन्य संरचना निर्माणको काम भइरहेको बताए । यसैगरी उक्त ठाउँको पर्यटकीय विकासका लागि गाउँपालिकाले करिब २० लाख रुपैयाँ र पर्यटन बोर्ड भैरहवाले तीन वर्ष अघि सुरुमा पाँच लाख रुपैयाँ खर्च गरेर भ्यू टावर निर्माणको सुरुवात गरेको समेत बताए । बंगलाचुली पार्कको पर्यटकीय विकासले यस क्षेत्रको समग्र विकासका लागि भूमिका खेल्ने बंगलाचुली गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष एनुराज खत्रीले बताए । उनले सामान्य पहाडको डाँडालाई पर्यटकीय रुपमा विकास गर्नका लागि विभिन्न संरचनाहरु निर्माण गर्दा अहिले आकर्षणको केन्द्र बन्दै गएको बताए ।

बंगलाचुली पहाडलाई पार्कका रूपमा विकास गर्नका लागि प्रदेश सरकार र गाउँपालिकाले बजेट विनियोजन गरेर विभिन्न संरचना निर्माण गर्ने काम भइरहेको उनले बताए । विभिन्न संरचना निर्माणले थप आकर्षक बनाउने बताए । पार्कलाई थप आकर्षक बनाउनका लागि हिड्ने बाटोमा रेलिङ राख्ने, विभिन्न प्रकारका विरुवा रोपिने समेत भएको छ । बंगलाचुली पार्क घोराही देखि ३२ किलोमिटरको दूरीमा रहेको छ । यस क्षेत्रमा फागुन चैत महिनामा लालिगुँरास फुले संगै झनै रमणीय र सौन्र्दय दिने काम गर्दछ । अग्लो स्थानमा भएको हुँदा यस स्थानबाट विभिन्न हिमालहरु पनि देख्न सकिने उनको भनाई छ । दैनिक पर्यटनको संख्या बढ्दै जाँदा फोहोर व्यवस्थापनमा भने केहि समस्या देखिएको वडा अध्यक्ष खत्रीले बताए ।

त्यस्तै घुम्न गएका व्यक्तिहरुले जथाभावी यत्रतत्र फोहोर प्याक्दीने भएकोले फोहोर बढेकोे उनको भनाई छ । तर पनि एक जना व्यक्तिलाई फोेहोर व्यवस्थित पार्नका लागि खटाएको हुँदा यसको पनि व्यवस्थापन हुँदै गएको बताए । प्युठान र दाङको सिमानामा पर्ने यस क्षेत्रलाई आगामी दिनमा पर्यटकको संख्यालाई बढाउनका लागि अझ व्यवस्थित बनाउँदै लैजाने उनको भनाई रहेको छ । साथै उनले फोहोर व्यवस्थापन गर्ने दायित्व सबैको भएको हुँदा आम नागरिक स्वंम जिम्मेवार बन्न आवस्यक रहेको बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]