
Sgr
Gfs
Pes
Djs
Ggp
cjs
Unsku
Rgp
Pbu
Lnp
pku
sbs
Srbpu
Rgp1

Ssm
Pvg
Rgu
Wsp
Rsb
Ksm
Rgs
Bbu
Sls
Hal
Sbs
Tsm
Gst
Rgu
Vor
Bbbpu
Ggd
Asm
nsb

bbt
Pls
Rpp
Abd
Gsb
Bml
Jmb
Ptm
Syp
Rmb
Mks
Jmb
sab
काठमाडौं । कोभिड-१९ का संक्रमित बढ्न थालेपछि उत्तरी चीनको एक शहरमा बिहीबारदेखि लकडाउन गरिएको छ । लकडाउनपछि विशेष परिस्थितिमा बाहेक मानिसहरू शहरबाट अन्य जान नपाउने भएका छन् ।
डेल्टा भेरियन्टका कारण संक्रमण बढेपछि सियान शहरका अधिकारीहरू लकडाउन गर्न बाध्य भएका हुन् । अधिकारीहरूले सियान शहरका ३० लाखभन्दा बढी मानिसलाई घरभित्रै बस्न भनेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
बिहीबारदेखि हरेक परिवारका एक जना सदस्य २ दिन बिराएर अत्यावश्यक सामान किन्न बाहिर जान पाउने छन् । परिवारका अन्य सदस्य अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन पाउने छैनन् ।
त्यस्तै, सियान विमानस्थलबाट हुने कैयौं उडान रद्द गरिएको छ भने अत्यावश्यक बाहेकका व्यावसाय बन्द भएका छन् । कर्मचारीलाई समेत घरबाटै काम गर्न भनिएको छ । सियानमा हाल डेल्टा भेरियन्टको प्रकोप बढेको अधिकारीहरूको भनाइ छ । तर उक्त शहरमा हालसम्म नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित फेला परेका छैनन् ।
बुधबार चीनभर ७१ जना नयाँ संक्रमित थपिएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । संक्रमितमध्ये ६३ जना सियान शहरका छन् । तर कुनै संक्रमितको मृत्यु नभएको आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।
यस्तै चीनमा हालसम्म कुल १ लाख ६४४ जनामा कोरोना भाइरस पुष्टि भएको छ भने मृत्यु हुने संक्रमितको संख्या ४ हजार ६३६ रहेको छ ।अनलाइनखबर
