Sidha Patra बिहिबार, पुष ०८, २०७८

काठमाडौं । कोभिड-१९ का संक्रमित बढ्न थालेपछि उत्तरी चीनको एक शहरमा बिहीबारदेखि लकडाउन गरिएको छ । लकडाउनपछि विशेष परिस्थितिमा बाहेक मानिसहरू शहरबाट अन्य जान नपाउने भएका छन् ।

डेल्टा भेरियन्टका कारण संक्रमण बढेपछि सियान शहरका अधिकारीहरू लकडाउन गर्न बाध्य भएका हुन् । अधिकारीहरूले सियान शहरका ३० लाखभन्दा बढी मानिसलाई घरभित्रै बस्न भनेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

बिहीबारदेखि हरेक परिवारका एक जना सदस्य २ दिन बिराएर अत्यावश्यक सामान किन्न बाहिर जान पाउने छन् । परिवारका अन्य सदस्य अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन पाउने छैनन् ।

त्यस्तै, सियान विमानस्थलबाट हुने कैयौं उडान रद्द गरिएको छ भने अत्यावश्यक बाहेकका व्यावसाय बन्द भएका छन् । कर्मचारीलाई समेत घरबाटै काम गर्न भनिएको छ । सियानमा हाल डेल्टा भेरियन्टको प्रकोप बढेको अधिकारीहरूको भनाइ छ । तर उक्त शहरमा हालसम्म नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित फेला परेका छैनन् ।

बुधबार चीनभर ७१ जना नयाँ संक्रमित थपिएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । संक्रमितमध्ये ६३ जना सियान शहरका छन् । तर कुनै संक्रमितको मृत्यु नभएको आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तै चीनमा हालसम्म कुल १ लाख ६४४ जनामा कोरोना भाइरस पुष्टि भएको छ भने मृत्यु हुने संक्रमितको संख्या ४ हजार ६३६ रहेको छ ।अनलाइनखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]