
Unsku
Rgp
Rgp1
Sgr
Srbpu
pku
Ggp
Pbu
Lnp

nsb
Asm
Gst
Vor
Sbs
Tsm
Ksm
Sls
Pvg
Ssm
Bbbpu
Rgs
Bbu
Rsb
Wsp
Rgu
Ggd
Hal
Rgu

Rmb
bbt
Syp
Rpp
sab
Pls
Jmb
Ptm
Gsb
Jmb
Abd
Mks
Bml
दाङ । गढवा गाउँपालिका वडानं. ४ मा अधिकांश महिलाहरुको सिलाई कटाईमा आकर्षण बढेको वडा सदस्य त्रिपनी परियारले भन्नु भयो ।
हरेक बर्ष वडा कार्यालयले सिलाई कटाई तालिम दिएर दक्ष जनशक्ति निर्माण गरेको र कैयनले आफ्नै पसल खोलेर रोजगारमा संलग्न भएको वडा अध्यक्ष गुलाम मोहम्मदले बताउनु भयो । त्यसो त यस वडाबाटै बिगतका बर्षहरुमा भण्डै १ सय ५० जना बढीलाई सिलाई कटाई तालिम दिएर मसिन समेत हस्तान्तरण गरेको अध्यक्ष मोहम्मदले जानकारी दिनु भयो । हाम्रो वडामा सिलाई कटाइ सिप सिक्नेहरुको आकर्षण झन पछि झन बढेर गएको छ–वडा सदस्य धनिराम यादवले भन्नुभयो । यो पुरानै रोजाई हो तर यहि तालिम गाउँघरका महिलाहरुले खोज्छन्–वडा सदस्य कौशीला चौधरीले भन्नुभयो । हामीले वडाबाट ८ लाख लगानी लगाएर मसिन सहित ३५ जनालाई सिप सिकाउँदै छौं–वडा अध्यक्ष गुलाम मोहम्मदले भन्नुभयो । महिलाहरुले आफूले सिकेको मसिन तालिम सकिएपछि उहाँहरुलाई नै हस्तान्तरण गरिने योजना रहेको उहाँले बताउनु भयो ।
यसैबिच वडा अध्यक्ष गुलाम मोहम्मदको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्य तथा उपाध्यक्ष शान्ती चौधरीको बिशिष्ट आतिथ्यमा बिहिवार एक कार्यक्रमका बिच तिन महिने सिलाई कटाई तालिमको उद्घाटन गरिएको छ । गढवा गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षले सिलाई मसिन चलाएर कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।
तालिमको उद्घाटन गर्दै अध्यक्ष यादवले महिलाहरुलाई सिप दिएर दक्ष बनाउन यो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । कार्यक्रममा बोल्दै उपाध्यक्ष शान्ती चौधरीले महिलाहरुलाई सिलाई कटाई तालिम दिएपछि उनिहरु रोजगार गर्न सक्ने र आत्मनिर्भर बन्न सक्ने धारणा राख्नुभयो ।
कार्यक्रममा न्यायिक समितीका सदस्य कमला नेपाली,वडा सदस्यहरु कलाधर पोखे्रल,धनीराम यादव,त्रिपनि परियार र कौशिल्या चौधरी तथा जनता समाजवादीका नेता महबुव अली लगायतले शुभकामना दिनुभएको थियो । कार्यक्रमको संचालन पत्रकार दुखहरण यादवले गर्नुभएको थियो ।

