
Srbpu
Djs
Pes
Unsku
Sgr
Gfs
cjs
Rgp
pku
Pbu
Lnp
Ggp
sbs
Rgp1

Hal
Bbbpu
Rgs
Tsm
Ggd
Rsb
Sls
Rgu
Sbs
Rgu
Asm
Vor
Pvg
Ksm
nsb
Ssm
Bbu
Gst
Wsp

bbt
Ptm
Bml
Rmb
Rpp
Gsb
Pls
Syp
Jmb
sab
Abd
Jmb
Mks
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ पटौली नाकामा विशेष सेवा सहितको नाका स्तरीय नि:शुल्क एकीकृत घुम्ती स्वास्थ्य शिविरको मंगलबार गाउँपालिका अध्यक्ष लोकराज केसीले विधिवत रुपमा उद्घाटन गर्नु भएको छ ।
सो शिविरलाई उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष केसीले गत वर्ष झैं यो वर्ष पनि गाउँपालिकाको टिम र डाक्टरहरुसंग विशेष सेवा सहित नि:शुल्क एकीकृत घुम्ती स्वास्थ्य शिविर नाका क्षेत्रमा संचालन गर्न पुगेको बताउनु भयो ।
उक्त शिविर कार्यक्रमको अध्यक्षता समेत गर्नु भएका अध्यक्ष केसीले आफुहरु जनप्रतिनिधिको रुपमा निर्वाचित भएर आइसकेपछि नाका क्षेत्रमा नि:शुल्क एकीकृत घुम्ती स्वास्थ्य शिविर,पशु स्वास्थ्य शिविर,विशेष सेवा सहितको आँखा स्वास्थ्य शिविर समेत संचालन गरि सेवा प्रदान गर्न सफल भएको बताउनु भयो ।
त्यस्तै उपाध्यक्ष धनपतीदेवी यादवले स्वास्थ्य शिविर कार्यक्रम मार्फत विशेषगरी नाका क्षेत्रका महिला दिदीबहिनीहरुको पाठेघर सम्बन्धिका समस्या र आँखाको समस्या भएका नागरिकलाई टेवा पुगेको बताउनु भयो ।
उक्त शिविरद्वारा स्त्रीरोग विशेषज्ञ सेवा,मेडिकल सेवा,via screening जाँच सेवा परिवार नियोजन आई.यू.सि.डी./इम्पलान्ट सेवा,गर्भवती अल्ट्रासाउन्ड सेवा,ल्याब सेवा,पहुँच नपुगेका लागि टि.भी.खोज पडताल,आयुर्वेद सेवा,निशुल्क औषधि वितरण सेवागरि ९ वटा सेवा एकै साथ प्रदान गरिएको छ ।
शिविर उद्घाटन कार्यक्रममा राजपुर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बिष्ण बहादुर बुढा,वडा नम्बर ५ का अध्यक्ष नरेन्द्र सिंह भण्डारी,वडा नम्बर १ का वडा सदस्य केशमाला सुनार,बाल बिसौनी प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमराज गिरी,नेपाली काङ्ग्रेस राजपुर गाउँ इकाई कमिटीका निवर्तमान सभापति सरद कुमार बुढाथोकी,नेका क्षेत्र नम्बर १ (ख) का सचिव लालबिर खड्का,नेका राजपुर गाउँ इकाई कमिटीका उपसभापति अमृत खड्का,नेका वडा नम्बर १ का सभापति रामबकश चौधरी लगायतको उपस्थिति रहेको थियो ।
राजपुर गाउँपालिकाको आयोजनामा संचालन भएको उक्त शिविर राजपुर-१ पटौली नाका,वडा नम्बर ६ को खाङ्ग्रा त्यस्तै वडा नम्बर ७ को भैसाही,भौवा नाकामा पुष ९ गते शुक्रबारसम्म संचालन रहने आयोजकले जनाएको छ । यस्तै सो शिविर कार्यक्रममा राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसी,उपाध्यक्ष धनपती देवी यादव,प्रमुख प्रशासकीय अधिकृत चन्द्र कान्त पौडेल,लेखा अधिकृत भरतमणी पोख्रेलले स्थलगत पुगेर शिविरको उद्घाटन गर्दै हिड्नु भएको छ ।
शिविरमा पहिलो दिन पटौली नाकामा विभिन्न सेवा मार्फत १२३ जनाले सेवा लिएका छन् भने आयुर्वेदबाट ८० जना,ल्याबद्वारा ३३ जना र via screening जाँच सेवाबाट ३५ जानाले सेवा लिएको राजपुर स्वास्थ्य शाखा प्रमुख कमल रोकायले जानकारी दिनु भयो ।

सो शिविरद्वारा सेवा लिएपछि ९५ वर्षका दिलसरा कामी,८३ वर्षका लालमती गिरी,८० वर्षका हुकुमा घर्तीले आफ्नै गाउँ घरमा सेवा पाउदा आफूहरु धेरै खुशी भएको बताउनु भयो । पहिले स्वास्थ्य जाँच गर्न इन्डिया जानू पर्थ्यो,धेरै दुख थियो । अहिले आफ्नै गाउँघरमै यसरी सेवा पाउदा हामीहरु अत्यन्तै खुसी छौं । त्यसैले हाम्रो जनप्रतिनिधिहरुलाई धेरै धेरै धन्यवाद छ भन्दै खुशी व्यक्त गर्दै उहाँहरु भन्नू भयो ।
उक्त शिविरमा राजपुरका स्वास्थ्य प्रमुख कमल रोकाय,राजपुर स्वास्थ्य चौकीका इन्चार्ज खिम रावत,बेला स्वास्थ्य चौकीका इन्चार्ज भानुप्रकाश चौधरी,डाक्टरहरु राजपुर गापाका डा.मेडिकल अधिकृत अर्बिन पोख्रेल,आस्था आचार्य,राप्ती प्रादेशिक अस्पतालका नर्सिङ अधिकृत रमा पराजुली, ल्या.टे.नि.दोय देविलाल डाँगी,उज्ज्वल कुमार पाण्डे,आयुर्वेद बेलाका प्रभा भट्टराई, राजपुरका सन्तोष भण्डारी लगायत स्वास्थ्य कर्मीको सहभागीता रहेको छ ।![]()
