बिरेन्द्र गिरी/भालुबाङ्ग मंगलबार, पौष ०६, २०७८

बुटवल । नेत्रहिन युवा संघ नेपाल रुपन्देहीको आयोजनामा ‘समावेशी लोकतन्त्रको सार्थकता, हरेक क्षेत्रमा दृष्टिविहिनहरुको उल्लेखनिय सहभागीता’ भन्ने मुल नाराका साथ अपाङ्गता समावेशी विकासमा स्थानिय तहको भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रम भएको छ ।

नेपाल नेत्रहिन युवा संघका केन्द्रीय अध्यक्ष कलारधर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा नरपालिकाका स्वास्थ्य,शिक्षा,सामाजिक विकास शाखाका प्रमुख तथा प्रतिनिधिहरु,दृष्टि विहिनता भएका विद्यार्थी तथा सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुतगर्दै नेत्रहिन युवा संघ नेपालका केन्द्रीय अध्यक्ष कलाधर भण्डारीले संविधानमा अपाङ्गता र समावेशीताको अवस्था, अपांगतामैत्री शिक्षा तथा भौतिक सुविधा लगायतको विषयमा प्रकाश पारेका थिए ।

त्यस्तै अपाङ्गता भएका व्याक्तिहरुको राजनीतिक क्षेत्रमा पहुँच वृद्धिको साथै स्थानिय सरकार र तहमा उनीहरुको सहभागीताको क्षेत्र लगायतको विषयमा प्रकाश पारेका थिए । कार्यक्रममा बोल्दै उनले अपाङ्गताको क्षेत्रलाई के कसरी स्थानियकरण गर्न सकिन्छ र उनीहरुको पहुँचमा के कसरी वृद्धि र विकास गर्न सकिन्छ भन्ने विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा बोल्दै नेत्रहिन संघ रुपन्देहीका अध्यक्ष कृष्ण बहादुर जिसीले अपाङ्गताको विषयमा पनि नेत्रहिन, न्युन नेत्रहिन लगायतकाहरुको समस्या जटिल भएको भन्दै उनीहरुको शिक्षा तथा भौतिक क्षेत्रमा पहुँच वृद्धिका लागि स-साना कुरामा परिर्वतन ल्याएमा संभव भएको बताए ।

उनले शिक्षामा न्यून दृष्टिविहिनता भएका व्याक्तिहरुको लागि केही ठुलो किताव वा कितावमा अक्षरको आकार वृद्धि गरेर सहज पुहँच विस्तार गर्न सकिने भन्दै यसको लागि नरपालिका शिक्षा शाखाले विशेष ध्यानदिनुपर्ने बताए ।

यस्तै नेत्रहिन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष टिकराम पौडेलको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष जीवन पोखरेलले स्वागत मन्तव्य राखेका थिए । नगरपालिका स्वाथ्य शाखा प्रमुख, शिक्षा साखा प्रमुखहरुले आफ्नो प्रतिवद्धता मन्तव्य राखेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]