
Csbus
Nssbus7
Ratbs
gms
Rbs
Gsbus
Amb
dsbus
Gsl
Pbu
Jsbus
Bksbus5
Ddhbs
Ssbus

Pvg
Gst
Wsp
Bbu
Bbbpu
Sls
Rgu
Ksm
Tsm
nsb
Rgs
Vor
Sbs
Rgu
Ggd
Ssm
Asm
Hal
Rsb

Pls
sab
Abd
Mks
Syp
Jmb
Gsb
Bml
Ptm
Jmb
Rmb
bbt
Rpp
रोल्पा : चट्याङ लागेर रोल्पामा बिहीबार दुई जनाको ज्यान गएको छ ।
जिल्लाको लुङ्ग्री गाउँपालिका २ सिर्पमा चट्याङ लागेर स्थानिय ६३ वर्षीय भिमबहादुर विक र ४० वर्षीय चित्रबहादुर पुनको मृत्यु भएको हो । विक र पुन छिमेकी हुन् । बिहान साढे ८ बजे परेको चट्याङले दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।चट्याङमा परी विक भान्छा कोठा नजिकै ढलेका थिए । पुन शौचालय जाँदै गरेका बेला चट्याङमा परेको लुंग्री गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर खड्काले जनाए । घटनालगत्तै सिर्पमा रहेको प्रहरी घटनास्थल पुगेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जनाकारी दिनुभएको छ । इलाका प्रहरी चौकी सुलिचौरबाट सइको कमाण्डमा ठप प्रहरी सिर्प पुगेर घटनाको मुचुल्का उठाएको छ । भिमबहादुरको नातिनीको शरीरमा चट्याङका कारण फोका उठेको छ । उनको अवस्था सामान्य रहेको छ । एउटा बाख्रा पाठा समेत मरेको छ । गाउँपालिका अध्यक्ष खड्काका अनुसार चट्याङले घरको भित्ताको माटो उप्किएको छ ।
गहुँबाली भित्र्याउने चटारोमा रहेका किसान केही दिनदेखि परेको वर्षाले प्रभावित भएकै बेला चट्याङ लागेर दुईको मृत्युले गाउँ शोकमा डुवेको छ । शव पोष्टमार्टमका लागि सुलिचौर ल्याइएको छ ।
