
Rgp1
sbs
Gfs
pku
Pes
Sgr
Djs
Unsku
Srbpu
Rgp
Lnp
Ggp
cjs
Pbu

Ksm
Bbbpu
Wsp
Rgs
Sbs
Pvg
Hal
Rgu
Ggd
Asm
Rgu
Tsm
Ssm
Sls
Vor
nsb
Rsb
Gst
Bbu

sab
Gsb
Ptm
Rmb
Jmb
Bml
Rpp
Abd
Mks
bbt
Syp
Pls
Jmb
दाङ । गढवा गाउँपालिकाको आयोजना र आम्दा माइन्सको सहयोगमा संचालित आम्दा नेपाल मातृ शिसु स्वास्थ्य परियोजनाको सहयोग तथा समन्वयमा शनिवार देउखुरीको गढवामा महिला तथा वालवालीकाकालागि निःशुल्क स्वास्थ्य जाँच शिविर संचालन गरि औषधि समेत वितरण गरिएको छ ।
शिविरको उद्घाटन एक कार्यक्रमका बिच गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले गर्नुभएको थियो ।
शिविरमा आम्दा अस्पताल बुटवलका वालरोग बिशेषज्ञ डा.अरुण पोखे्रल, स्त्रिराग बिशेषज्ञ डा.शर्मिला शर्मा र फिजिशियन डा.केशब शर्माले बिरामीहरुको स्वास्थ्य जाँच गर्नुभएको थियो । सो शिविरमा महिलाहरुका लागि इम्प्लाण्ट राख्ने सेवा पनि प्रवाह गरिएको थियो ।
शिविरमा २७० जना महिला,५७ जना वालवालिका र फिजिसियन सेवा ५० जना गरि कुल ३ सय ७७ जनाको बिरामहिरुको स्वासथ्य जाँच गरिएको आम्दा नेपालको उक्त परियोजनाका प्रबन्धक राजेन्द्र श्रचालले जानकारी दिनुभयो । शिविरमा तल्लो पेट दुख्ने,सेतो पानी बग्ने,यौनजन्य समस्या भएका र पाठेघरको समस्या भएका बिरामीहरु बढी देखिएको स्त्रिीरोग बिशेषज्ञ डा.शर्मिला शर्माले जानकारी दिनुभयो । सो अवसरमा गढवा स्थित शुभतारा बोर्डिङ स्कूलले बिरामीहरुलाई घरसम्म पुरयाउने र शिविरमा ल्याउने कार्यका लागि २ वटा वस सेवा सौजन्य गरेको थियो । शिविरमा आम्दा माइन्सका परियोजना संयोजक प्रदिप पन्तद्धारा अनुगमन तथा सुपरिवेक्षण गरिएको थियो भने चेकजाँच गरिएका सबै बिरामीहरुलाई निःशुल्क औषधि र स्वासथ्य परिक्षणको समेत ब्यवस्था गरिएको कार्यक्रम प्रबन्धक राजेन्द्र रुचालले जानकारी दिनुभयो ।
आम्दा नेपालले गढवा गाउँपालिकाका आठवटै वडाहरुमा गाउापालिकासंगको समन्वय सहकार्यमा बिगत ३ बर्ष अगाडी देखि मातृशिसु स्वास्थ्य परियोजना संचालन गरि आमा र नवजात शिसुको स्वास्थ्यका बारेमा महत्वपुर्ण योगदान गरेको र गढवा गाउँपालिकाका पाँच स्थानमा गाउँघर स्वास्थ्य क्लिनीक तथा चार स्थानमा सामुदायिक स्वास्थ्य इकाई भवनहरु समेत निर्माण गरेको छ । त्यस्तै आगामी माघ महिनामा आम्दा नेपालले गढवाका वडानं. १,२ र ३ लाई लक्षित गरि माघ ८ गतेका दिन गोबरडिहामा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने ठेगान गरेको प्रबन्धक रुचालले जानकारी दिनुभयो ।
