
Djs
Srbpu
Sgr
pku
Gfs
cjs
Rgp
Pbu
Lnp
Rgp1
Ggp
Ses
Unsku
Pes

Pvg
Gst
Vor
Rgu
Bbu
nsb
Ssm
Tsm
Rgu
Sls
Rsb
Bbbpu
Rgs
Hal
Ggd
Wsp
Sbs
Asm
Ksm

Ptm
Jmb
bbt
Mks
sab
Rpp
Bml
Rmb
Jmb
Gsb
Pls
Abd
Syp
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको स्थायी राजधानी निर्माणको लागि जग्गा अधिग्रहण र गुरुयोजनाको काम एक महीनाभित्र सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् ।
जग्गा अधिग्रहण कार्यदलको प्रथम बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले जग्गा अधिग्रहण र गुरुयोजना निर्माणको काम तीव्र गतिमा अघि बढाउन निर्देशन दिएका हुन् ।
बैठकमा बोल्दै मुख्यमन्त्री केसीले पहिलो चरणमा राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई पहिलो घेरा बनाएर काम गर्ने र दोस्रो चरणमा लमही नगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका र प्युठानको सरुमारानी गाउँपालिकालाई समेटेर काम अघि बढाउने बताए ।
कानून, महिला तथा बालबालिका मन्त्री रमा घर्तीमगरले मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी संयोजक रहेको ५ सदस्यीय कार्यदलले जग्गा अधिग्रहणको काम गरिरहेको भन्दै कानूनी बाधा अवरोध भए सहजीकरण गरेर काम छिटो गर्न निर्देशन दिएकी छन् । बैठकमा राप्ती गाउँपालिका, शीतगंगा नगरपालिका, लमही नगरपालिका, गढुवा गाउँपालिकाका जनप्रतिनिधिहरूको सहभागिता थियो ।अनलाइनखबर
