
ksb
Ggp
Lks
Dbs
Sgp
Pbu
Ggp
Rgp
Jns
lnp
Asb
Dus
Rgp
Usb
Rgp
Lnp
Rgp


दाङ । तुलसीपुर चेम्बर अफ कमर्शले संचालन गरेको तुलसीपुर महोत्सव २०७८ बिहीबार उद्घाटन गरिको छ । महोत्सवको उद्घाटन राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेनाले पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको हो । यस्तै महोत्सव पुस १ गतेदेखि १२ गतेसम्म संचालन हुने छ ।
तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष टोप बहादुर घर्तीको सभापतित्व तथा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सनाको प्रमुख आथित्यतामा महोत्सवको उद्घाटन गरिएको छ । त्यस्तै, उद्घाटन कार्यक्रममा राष्ट्रिय सभा सदस्यहरु जगप्रसाद शर्मा ‘अपार’, कोमल वली, लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिआईजी प्रकाश अधिकारी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे लगायतको विशिष्ट आतिथ्यतामा सो कार्यक्रम भएको थियो ।
त्यस्तै महोत्सव उद्योग, व्यापार, कृषी तथा पर्यटन क्षेत्रको विकास र विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव आयोजक समितीले बताएको छ । महोत्सवमा ५ करोड बढीको आर्थिक कारोबार हुने र ३ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा राखेको आयोजकले बताएको छ ।तुलसीपुर अनलाइन
