शिबराज पन्थी/गढवा मंगलबार, मंसिर २८, २०७८

दाङ । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव र उपाध्यक्ष शान्ती चौधरी लगायतको टोलीले मंगलबार गढवाका वडानं. ४ र ५ का बिभिन्न बस्तिका किसानहरुको खेतमा पुगी तरकारी खेतिको स्थलगत अबलोकन तथा अनुगमन गरेको छ ।

स्वान नेपालको आर्थिक सहयोगमा गढवा ४ को पर्सामा तरकारी खेति गरेका किसानहरु र गढवा ५ खजरौटामा पशुपालन गरेका किसानहरुको अवस्थाको स्थलगत अनुगमन गरेको हो ।

गढवा ४ को पर्सामा जुनतारा महिला कृषक समूह र पर्सा भूमि अधिकार कृषक समूहले गरेको सामुहिक तरकारी खेतिको अबलोकन गरीएको गाउँपालिकाले जनाएको छ । उक्त गाउँमा १४ कठ्ठा १५ धुरमा ३ जना किसानहरुले सामुहिक आलुखेति गरेका,१० कठ्ठामा थप एक जनाले तरकारी खेति गरेको र १५ कट्ठामा समूहमार्फत ४ जनाले टनेल तरकारी खेति गरेको पाइएको छ ।

सो तरकारी खेतिका लागि स्वान नेपालले पहिलो बर्षमा जग्गा लिजमा लिएको भाडा दिएको,दोश्रो बर्षका लागि निःशुल्क बिउ उपलब्ध गराएको स्वान नेपालका सामाजिक परिचालक सोना कुमालले जानकारी दिनुभयो । यसैगरी स्वान नेपालले तरकारी खेति गरेका किसानहरुलाई सिंचाइका लागि पाइप,बोरीङ र मोटर समेत उपलब्ध गराई किसानहरुको आयस्तर बृद्धिमा सपोर्ट गरेको कार्यक्रम संयोजक रेवन्त चौधरलिे जानकारी दिनुभयो ।

यसैगरी बैदेशीक रोजगारबाट नेपाल फर्किएका गढवा गाउँपालिका वडानं. ५ खजरौटाका ७ जनालाई स्वान नेपालले पशुपालन र ब्यवसायमा प्रति ब्यवसाय ३० हजारका दरले सहयोग गरेको कृषि प्राबिधिक सिता कुमारी चौधरीले जानकारी दिनुभयो । जस अनुसार सोहि गाउँका क्रिमलाल चौधरीलाई चार्ट तथा फूल्की ठेला ब्यवसायका लागि सहयोग गरिएको र लक्ष्मि चौधरी,बंसराज रैदास,सुन्तली चौधरी,शिबप्रसाद रैदास र सरिता चौधरीलाई बाख्रापालन ब्यवसायका लागि तथा मिना चौधरलिाई ब्रोइलर कुखुरा पालनका लागि जनही ३० हजारका दरले आर्थिक सपोर्ट गरेको स्वान नेपालका उपाध्यक्ष सिता चौधरीले जानकारी दिनुभयो । स्थलगत अनुगमनको क्रममा बैदेशिक रोगगारबाट फर्केर बेरोजगार बसेका नागरिकहरुको आयआर्जन र जिविकोपार्जनमा सहयोग गरेको पाइएको गढवा गाउँपालिकाले जनाएको छ ।

अनुगमनमा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव,उपाध्यक्ष शान्ती चौधरी,कृषि शाखाका प्रमुख कर्ताराम यादव,स्वानका कार्यक्रम संयोजक रेवन्त चौधरी,कृषि प्राबिधिक सिता कुमारी चौधरी,उपाध्यक्ष सिता चौधरी,कोषाध्यक्ष राममोती चौधरी र सामाजिक परिचालक सोना कुमाल तथा भूमी अधिकारकर्मि सुनिल चौधरी र पत्रकारहरुको टोली रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]