
Sgr
Pes
Ggp
Pbu
Lnp
Srbpu
pku
Djs
Rgp
sbs
Gfs
cjs
Rgp1
Unsku

Sbs
Sls
Tsm
Rsb
Bbbpu
Rgu
Gst
Rgu
Vor
Asm
Pvg
Wsp
Ggd
Ssm
Hal
Bbu
nsb
Rgs
Ksm

Rmb
Jmb
Abd
Syp
Jmb
Pls
Ptm
Bml
bbt
Gsb
Mks
sab
Rpp
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ गोठुवा गाउँमा एक दिने नि:शुल्क पशु स्वास्थ्य शिविर तथा घुम्ती क्लिनिक कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
“परजीवी विरुद्ध औषधि खुवाऔं स्वास्थ्य पशु उत्पादन बढाऔं”भन्ने मुल नाराका साथ संचालन भएको शिविरमा १५० घरधुरीका गाई,भैंसी,बाङ्गगुर बडेल,बाख्रा,कुखुरा गरि ७५० पशु,पन्छीलाई चेकजाँच गरि उपचार गरिएको थियो भने परजीवी विरुद्ध औषधि उपलब्ध गराई परामर्श समेत दिइएको थियो ।
पशुपन्छी तथा मत्स्य विकास राजपुर शाखाको आयोजनामा सम्पन्न भएको उक्त शिविरको राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसी,प्रमुख प्रशासकीय अधिकृत चन्द्र कान्त पौडेल,वडा नम्बर ७ का वडा अध्यक्ष भिमबहादुर खड्काले संयूक्तरुपमा उद्घाटन गर्नु भएको थियो ।
त्यस्तै उक्त शिविर कार्यक्रमलाई समापन गर्दै गाउँपालिका अध्यक्ष लोकराज केसीले पशु तथा कृषि आधारित गाउँपालिका रहेको हुँदा आफुहरुले पहिलो प्राथमिकता दिएको बताउनु भएको छ ।
त्यस्तै वडा अध्यक्ष भिमबहादुर खड्काले आफ्नो वडा भित्र यसरी पशु चौपाया सम्बन्धि स्वास्थ्य शिविर संचालन गरेर नागरिकलाई सेवा गर्न पाउदा आफू अत्यन्तै खुशी भएको बताउनु भयो ।
शिविरमा सामुदायिक स्वास्थ्य इकाई गोठुवाका प्रमुख हरि प्रकाश ओली,पशु,पन्छी तथा मत्स्य विकास गढवा शाकाका प्राविधिक भक्तबहादुर रोका,राजपुरका प्राविधिक बालकृष्ण थापा मगर,राजपुरका कार्यालय सहयोगी रामगोपाल यादव
लगायतको सहभागी रहेकोे कार्यक्रमको संचालन
पशु,पन्छी तथा मत्स्य विकास प्रमुख अधिकृत दिपक रानाले गर्नु भएको थियो ।


