
Pbu
cjs
Rgp
Srbpu
Pes
pku
Djs
Unsku
Ggp
Sgr
Gfs
Ses
Rgp1
Lnp

Asm
Ggd
Ksm
nsb
Sbs
Tsm
Rgu
Vor
Sls
Hal
Pvg
Ssm
Bbu
Rgs
Bbbpu
Wsp
Rgu
Gst
Rsb

Bml
Pls
Gsb
Rmb
Abd
Syp
Rpp
Jmb
Jmb
sab
bbt
Mks
Ptm
दाङ । दाङमा एक लाख ९७ हजार रुपैयाँ नगद सहित ६ जना जुवाडे पक्राउ परेका छन् । गयराति साढे १० बजे घोराही १३ डुम्मर गाउँ निवासी ३२ वर्षिय निमबहादुर भण्डारीको घरमा अवैध रुपमा जुवा खेलिरहेको अवस्थामा एक लाख ९७ हजार रुपैयाँ सहित ६ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभएको छ ।
त्यस्तै पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १३ डुम्मर गाउँका ३२ वर्षिय निमबहादुर भण्डारी, रोल्पाको माडी गाउँपालिका ४ का ५७ वर्षिय रणे वली, सोही गाउँपालिका ३ का ४० वर्षिय कुल बहादुर खड्का, सोही ठाउँ कै ३० वर्षिय रामकृष्ण खड्का, ४० वर्षिय राजेश वली र रोल्पा परिर्वतन गाउँपालिका ४ का ३८ वर्षिय ललित बुढा रहेको प्रहरीले जनाएको छ ।
यसैगरी अवैध रुपमा पैसाको हारजित हुने गरी जुवा खेलिरहेकाहरुकोे साथबाट एक लाख ९७ हजार सात सय ५५ रुपैँया नगद र ५ गड्डी खोलेको र ५ गड्डी नखोलेको तास बरामद गरेको छ । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।
