Sidha Patra बिहिबार, मंसिर २३, २०७८

बाँके । खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखा अधिकृत प्रदिप सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुमाथि गाउँपालिकाकै महिला कर्मचारीलाई यौन दुर्ववहारको आरोप लागेको छ । गत शुक्रबार पिकनिकको क्रममा दुर्व्यवहार गरेको पीडित पक्षले बताएका छन् । पालिकाका कर्मचारीहरु गत शुक्रबार टिकापुर पिकनिक गएका थिए । सोही बिषयलाई लिएर बुधबार गाउँपालिकाका युवाहरुले गाउँपालिका कार्यालय घेराउ गर्दै नाराबाजीसमेत गरेका थिए ।

त्यस्तै नाराबाजी गर्दै गर्दा इलाका प्रहरी कार्यालय खजुराका ठूलो संख्यामा प्रहरी पुगेको थियो । अहिले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खराल, लेखा अधिकृत सुनारसहित पीडित पक्षलाई इलाका प्रहरी कार्यालय धनौलीका लगिएको छ । सोही बिषयलाई लिएर जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) मधुसूदन न्यौपानेका अनुसार इलाका प्रहरी कार्यालय धनौलीले दुबै पक्षलाई राखेर घटनाको अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]