
Rgp
Sgp
Rgp
Lnp
ksb
Rgp
Ggp
Pbu
lnp
Jns
Rgp
Dbs
Usb
Ggp
Asb
Dus
Lks


रुपन्देही । नेपाल ख्रीष्टियन समाज लुम्बिनीले विभिन्न कार्यक्रम गरि ख्रिष्टमस मनाउन थालेको छ । समाजले विभिन्न समाजिक कार्यसँगै रचनात्मक अभियानहरु गरेर ख्रिष्टमसलाई उत्सवमय बनाउन थालेको जनाएको छ । समाजले विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागितामा शूभकामना आदान प्रदान कार्यक्रम गरेको छ । लुम्बिनी प्रदेशका कृषि खाद, प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीको प्रमुख आतिथ्यतामा शूभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले नेपाल धर्मनिरपेक्ष राज्य भएकाले सबै धर्म मान्नेहरुको अस्तित्वलाई स्विकार गरेको बताईन । कार्यक्रममा संविधानसभा सदस्य विनोद पहाडी,मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनाल,नेपाल खिष्ट्रियन समाजका महासचिव डिल्लीराम पौडेल,गैरसरकारी संस्था महासंघ रुपन्देहीका अध्यक्ष रीमा बिसि,राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशका प्रमुख सन्तोष आचार्य,ख्रिष्टियन समाजका राजनीतिक समन्वय समितिका प्रमुख कुँवेर गुरुङ,नेपाली काङ्ग्रेस बुटवल उपमहानगरका सभापति खेलराज पाण्डे, जनजागरण पार्टीका अध्यक्ष डा. विपि खनाल, राष्ट्रिय खिष्टियन महासंघ लुम्बिनीका अध्यक्ष विष्णु पोखरेलले बोल्दै शूभकामना दिएका थिए ।
त्यसैगरि समाजले ख्रिष्टमसको अवसरमा पैरवी कार्यक्रम समते गरेको छ । सामाजिक क्षेत्रमा इसाईहरुले पु¥याउने योगदान, अधिकार तथा समस्याहरुको बारेमा विभिन्न व्यक्तिहरुले प्रशिक्षण दिएका छन् । संविधानसभा सदस्य विनोद पहाडी, समाजका अन्तरधार्मिक प्रमुख डा. विपि खनाल, पास्टर मुकुन्द शर्मा, अधिवक्ता दिनेशबाबु श्रेष्ठ, समाजका महासचिव डिल्लिराम पौडेलले सहजीकरण गरेका थिए ।
उक्त कार्यक्रम समाजका लुम्बिनी अध्यक्ष चित्रबहादुर गुरुङको अध्यक्षता,सहअध्यक्ष बाबुराम बस्नेतको सञ्चालन एंव उपाध्यक्ष देवु गिरीले स्वागत गरेका थिए। खिष्टीयन समाजले आगामि पुस १० गते परेको खिष्टमस डे को अवसर पारेर विभिन्न कार्यक्रम गरेको हो । लुम्बिनीमा १ लाख भन्दा बढि ख्रिष्टियनहरु रहेको समाजले जनाएको छ ।
