
Gmssl
Pbu
Sebsg
Gipsg
gst
Gipsg
Gsg
Gst
Unsku

Tsm
Sbs
Pvg
nsb
Hal
Rgu
Bbu
Ksm
Ggd
Rgu
Rsb
Wsp
Gst
Ssm
Sls
Asm
Rgs
Vor
Bbbpu

Mks
Syp
Jmb
Jmb
Bml
Ptm
Rmb
Rpp
Gsb
bbt
Pls
sab
Abd
रुकुम । रुकुम पश्चिममा जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर १ घिमाने निवासी ६७ वर्षिय बुधुराम खड्काको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै दुर्घटनामा घाइते भएकामध्ये १० जनाको अवस्था गम्भीर रहेको र उनीहरुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको हो । बाँफिकोट गाउँपालिका वडा नम्बर २ पिपलबाट दुलही लिएर मुसिकोट नगरपालिका वडा नम्बर ५ घिमाने जाँदै गरेको ग १ ख २१०९ नम्बरको बस मुसिकोट नगरपालिकाको वडा नम्बर २ रातामाटामा सोमबार बेलुका दुर्घटना भएको थियो । घाइतेहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।
