
Pbu
Unsku
Rgp1
Sgr
cjs
Ggp
Srbpu
Rgp
sbs
Lnp
Gfs
Djs
Pes
pku

Asm
Wsp
Pvg
Sls
Vor
Hal
Rgs
Bbu
Rgu
Rgu
Bbbpu
nsb
Rsb
Sbs
Ggd
Ssm
Ksm
Gst
Tsm

Ptm
Bml
sab
bbt
Syp
Rpp
Pls
Mks
Jmb
Gsb
Jmb
Abd
Rmb
दाङ । घोराही उपमहानगरपालिकाले आज देखी १८ वर्ष माथिका नागरिकहरुलाई कोरोना बिरुद्धको खोप लगाउने भएको छ । नगरका १९ वटै वडाका स्वास्थ्य संस्थाहरुमा आजदेखी २३ गतेसम्म १८ वर्ष माथिका सबै नागरिकहरुलाई भेरोसेल खोप लगाउने भएको हो ।
यस बिचमा ३४ हजार २ सय ४० जनालाई खोप लगाउने तयारी भएको उपमहानगरको जनस्वास्थ्य प्रर्बद्धन शाखाले जनाएको छ । विकट वडाहरुमा भुुगोल अनुसार पनि खोप लगाउने व्यवस्था गरिएको शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिनुु भयो ।
त्यस्तै खोप लगाउन छुटेका सबै नागरिकहरुलाई नागरिकता वा अन्य पहिचान खुल्ने कागजपत्र लिएर खोप केन्द्रमा जान आग्रह गरिएको छ । यस बिचमा पहिलो डोजको खोप लगाउनेलाई दोस्रो डोजको खोप पनि सुरक्षित राखिएको बताईएको छ ।
