
lnp
Ggp
Rgp
Pbu
Jns
Lks
Dbs
Rgp
Ggp
Lnp
Sgp
Usb
Dus
Asb
Rgp
ksb
Rgp


दाङ । गढवा गाउँपालिका वडानं. ७ लक्षिनपुरकी १८ बर्षिय शिला कुँवर दुवै खुट्टाको अपांगता हुनुहुन्छ । दुबैहात र घुँडाको साहाराले टेकेर दिनहुँ बिद्यालय जानु उहाँको दिचर्या थियो । उहाँले सरस्वती आधारभूत बिद्यालय चन्दनपुरमा कक्षा ८ मा पढ्नुहुन्छ ।
कमजोर आर्थिक अवस्थाका कारण अहिले सम्म ह्विलचेयर सम्म नभेटेकी कुँवरलाई गढवा गाउँपालिकाले शुक्रवार ह्विलचेयर प्रदान गरेको छ । ह्विलचेयर पाएपछि उहाँले बिद्यालय जान सजिलो हुने भन्दै खुसी प्रकट गर्नुभयो ।
त्यसोत त गढवा ६ हाँसीपुरका सन्देश चौधरी पनि पुर्ण अपांगता भएको ब्यक्ति हुनुहुन्छ । आमा रामलौटी चौधरीले उहाँलाई पिठ्युँमा बोकेर कार्यक्रम स्थल गाउँपालिकामा ल्याउनुभयो । गाउँपालिकाले ह्विलचेयर दिएपछि सन्देशले त्यसैमा चढेर मामाघर जाने भन्दै खुसी प्रकट गर्नुभयो । अपांगता भएका ब्यक्ति सन्देश चौधरीले त्यसो भनिरहँदा कार्यक्रममा उपस्थित सबैजसोका आँखा रसाएको देखिन्थ्यो ।
गढवा गाउँपालिकाको आयोजना र नेपाल रेडक्रस,देउखुरी सामुदायिक पुस्तकालय तथा अपांगता संरक्षण समाज गढवाको संयुक्त संयोजनमा ३० औं अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइएको हो । सोहि अवसरमा २ जना अपांगता भएका नागरिकहरुलाई ह्विलचेयर वितरण गरिएको गढवा गाउँपालिका महिला तथा वालवालीका शाखा प्रमुख शुरेस पौडेलले जानकारी दिनुभयो ।
अपांगता संरक्षण समाज गढवाका अध्यक्ष भरत कुमार पन्तको अध्यक्षता र गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख अनन्तराज रेग्मीको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । सो अवसरमा प्रमुख अतिथी रेग्मीले गाउँपालिकाको तर्फबाट अपांगता भएका २ जनालाई ह्विलचेयर प्रदान गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै अपांगता भएका नागरिक नरेश्वर भुसालले अपांगता भएका नागरिकहरुलाई नेपाली समाजले बोझको रुपमा लिने गरेको भन्दै प्रकृतिले ठगेको हुदाँ राज्यले ठग्न नहुने बताउनुभयो । अपांगता भएका नागरिकलाई दया माया होइन योग्यता अनुसारको रोजगारीको ग्यारेण्टि गर्नु राज्यको दायित्व भएको उहाँले बतानुभयो ।
कार्यक्रममा गढवा गाउँपालिका रोजगार सेवाकेन्द्रका अधिकृत अशोक कुमार यादवले अपांगता भएका नागरिकहरलाई नेपाल सरकारले सामाजिक शुरक्षा भत्ता संगसंगै अन्य धेरै सुविधाहरु उपलब्ध गराएको भन्दै अधिकार लिन अपांगता भएका नागरिकहरु आफै सचेत र जागरुक हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै देउखुरी सामुदायिक पुस्तकालयका कोषाध्यक्ष ओभा पाठकले सामुदायिक पुस्तकालयले वडानं.६ का बस्तिहरुमा नेपालमा अपांगता समावेशी विपद् जोखिम न्यूनिकरण प्रबर्धन परियोजना मार्फत पुस्तकालयले अपांगता भएका नागरिकहरुलाई हरेक क्षेत्रबाट सहयोग र सचेतनाका कार्यक्रमहरु गरिरहेको बताउनु भयो । सरकारी संरचनाहरु अपांगमैत्रि बनाउनुपर्ने र अपांगता भएका नागरिकहरुलाई स्थानीय सरकारले चाँसो दिएर हेर्नुपर्ने उहाँको धारणा थियो । पुस्तकालयका ब्यवस्थापक मिना भट्टराईको स्वागत मनतब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण गाउँपालिकाका प्रेस संयोजक शिबराज पन्थीले गर्नुभएको थियो ।
