सुशिला ओली/घोराही शुक्रबार, मंसिर १७, २०७८

दाङ । हरेक वर्षको ३ डिसेम्वरमा मनाइने अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा दाङमा पनि विविध कार्यक्रम गरी मनाईएको छ ।

अपांगताका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका संघसंस्थाहरुले शुक्रबार रचनात्मक ढंगले दिवस मनाएका छन् । घोराहीस्थित नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र र अपांग मानव अधिकार एवं सरोकार मञ्चको संयुक्त आयोजनामा कार्यक्रम गरी अपांगता दिवस मनाइएको छ ।

संघका सभापति शरद अधिकारीको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख जीतिेन्द्रमान नेपालीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरि बालमन्दिरमा अध्ययनरत छात्रछात्राहरुलाई खेलकूद सामग्री, अपांग जीवन बिताईरहेकाहरुलाई कृतिम अंग प्रदान र अपाङ्ता भएकाहरुको हक हितका लागि छापा र रेडियोमार्फत भूमिका खेलेको भन्दै एक जना क्रियाशील पत्रकारलाई सम्मान गर्दै दिवस मनाइएको हो ।

अपांगता भएकाहरु १४ जनालाई आशा अपांग केन्द्र, गुल्मीसँगको सहकार्यमा अपांग संघ घोराहीले क्रृत्रिम खुट्टा वितरण गरेको हो । यस्तै, अपांगताका क्षेत्रमा कलम चलाएको भन्दै पत्रकार छबि पुरीलाई सम्मान गरिएको छ ।‘हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिको अधिकार’ नाराका साथ मनाइएको अपांगता दिवसमा प्रमुख अतिथि नेपालीले अपांगता भएका हरेक व्यक्ति र सरोकार संघसंस्थाहरुले अब अधिकार प्राप्तिका लागि हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने बेला आएको बताउनु भयो ।

राज्यले सबैलाई समान अधिकारको ग्यारेन्टी गरेका बताएपनि सबै नागरिकले समानताको महसुस गर्नबाट वञ्चित हुनु परेको बताउँदै अपांगता भएकाहरुको जीवन अझ कष्टकर रहेको बताउनु भयो । संविधानले प्रत्याभूत गरेको अधिकारमाथिको लडाइँका लागि अब जाग्नु पर्ने बेला आएको हुँदा सबै चनाखो हुनुपर्ने उहाँको धारणा थियो । यस्तै,घोराही १४ की वडा सदस्य नैना चौधरीले स्थानीय सरकारले सबै नागरिकको हक अधिकारका लागि पहल गरिरहे पनि यो पर्याप्त नरहेको बताउनुभयो ।

समावेशीकरण परिवार, मूलधारका कार्यक्रमहरुमा, राज्यले बनाउने नीतिहरुमा, संस्थाहरुले वनाउने योजनामा, राजनीति, विकासका नीतिहरुमा अपांगता भएकाहरुको समान अधिकार र पहुँच अभिवृद्धिमा राज्यले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने भन्दै विषयबस्तुमाथि संघका सदस्य बिबेक खड्काले विषयबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा आधाभूत विद्यालय बालमन्दिरकी श्रोत शिक्षक पुष्पा दाहाल,पूर्व अध्यक्ष कृष्ण चौधरी, संघका कोषाध्यक्ष बसन्तराज भट्टलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

अपांग मानव अधिकार एवं सरोकार मञ्चकी अध्यक्ष भविसरा घर्तीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा सहभागी सबैलाई संघकी उपाध्यक्ष रुपा वलीले धन्यवाद दिनुभयो भने सहजीकरण मञ्चकी कोषाध्यक्ष सुधा रिजालले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]