Sidha Patra बुधबार, मंसिर १५, २०७८

प्यूठान । प्यूठान नगरपालिका ३ मटेङपोखरामा पिकअप जिप दुर्घटना हुदा ४ जना घाइते भएका छन । बुधबार प्यूठान नगरपालिका ३ ओखरबोटदेखि रोल्पाको तेवाङ जादै गरेको से १ च १७ २२ नम्बरको जीप दुर्घटना हुदा चालकसहित ४ जना घाइते भएका थिए ।

त्यस्तै घाइतेमध्य प्यूठान नगरपालिका ३ ओखरबोटका ६० बर्षिया ज्ञान बहादुर सुनार र सोहि ठाउ बस्ने २१ बर्षिया हरि सुनारकोे जिल्ला अस्पताल प्यूठानमा सामान्य उपचारपछि घर फर्केका छन भने प्यूठान नगरपालिका ३ सापडाडाका बर्ष २० का गाडी चालक अनिल सुनार र ओखरबोट का ४२ बर्षिया ज्ञान बहादुर सुनारको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

त्यसैगरी उपचारत २ जनाको पनि अबस्था सामान्य रहेको जिल्ला अस्पताल कार्यालय प्यूठानले जनाएको छ । जीप बाटोदखि करिब ६० मिटर तल खसेको थियो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]