
Rus
gms
Ppu
jmb
Gsbus
sks
Ssbus
Rg-9
jms
Sys
Bpb
Ddh
smb
Asm

Gg1
Tsb
Ln9
Ln3
Rys
Asm
Ssb
Usb
Ln8
bml
Ln2
cks
bmj
Dps
kbs
Sbs
Ln1
Gg5
Gsb
Hl1

Gg3
Gg6
Sml
Snk
Sab
Gg2
Jab
Jpb
Gjl
Nps
Gg4
Rgu
Sbs
Rss
ptl
Bpb
Ksb
कञ्चनपुर । कञ्चनपुरका शुक्लाफाँटा आरक्ष पिडित र मुक्त कमलरीहरुले मंगलवार जिल्ला प्रशासन कार्यालय कञ्चनपुर घेराउ गरेका छन् । शुक्लाफाटा आरक्ष पीडित संघर्ष समिति कञ्चनपुरका अध्यक्ष कर्ण बहादुर चन्द र मुक्त कमलरी विकास मञ्च कञ्चनपुरकी अध्यक्ष सिता चौधरीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा पुगेको आरक्ष पिडित र मुक्त कमलरीहरुको समुहले जिल्ला प्रशासन कार्यालय घेराउ गरेको हो ।
पुर्नस्थापना गर्नमा नेपाल सरकारले उदासिनता देखाएपछि शुक्लाफाटा आरक्ष पीडित र मुक्त कमलरीहरु फेरी चरणबद्ध रुपमा आन्दोलनमा उत्रिएका छन् । आरक्ष पीडितहरुको दिगो रुपमा पुर्नस्थापना गर्नु पर्ने, बम आयोगको प्रतिबेदन कार्यान्वयन गर्नु पर्ने र लगतको नया निबेदन छानबिन गरी वास्तवीक आरक्ष पीडितलाई परिचय पत्र उपलब्ध गराउनु पर्ने लगायतका विभिन्न माग राखी पीडितहरुले आन्दोलन थालेका हुन् ।
यस्तै स्थानीय तहको सरकारले मुक्त कमलरीहरुको लागि बजेट नछुट्याउने र छुट्याएको बजेट पनि कटौती गर्ने गरेको मुक्त कमलरी विकास मञ्चकी अध्यक्ष सिता चौधरीले बताउनु भयो । उक्त जिल्ला प्रशासन कार्यालय कञ्चनपुर घेराउ कार्यक्रममा तत्कालिन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित भएका आर पीडित, मुक्त कमलरीहरु, आरक्ष पीडितहरुको समस्या समाधानका लागि विभिन्न क्षेत्रबाट पहल गर्दै आउनु भएका नेपाली काङ्ग्रेसका युवा नेता शिरोमणि ओझा लगायतका ब्यक्तिहरु सहभागिता रहेको थियो ।
