
Ppu
Gsbus
smb
Ssbus
jms
Sys
gms

Usb
Tsb
Gg1
bmj
kbs
bml
Ssb
Asm
Ln8
cks
Ln2
Dps
Gsb
Ln3
Sbs
Gg5
Ln7
Rys
Ln1
Ln9

Rgu
Gg2
Jab
Bpb
Sab
Gg6
ptl
Nps
Snk
Sbs
Rss
Gg4
Gjl
Jpb
Sml
Gg3
Ksb
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले फरार प्रतिबादीहरु धमाधम पक्राउ गरेको छ । हालसम्म १०७ जना फरार प्रतिवादी पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । असारमा एसपी श्यामकृष्ण अधिकारीले बाँकेको सुरक्षा कमाण्ड सम्हालेका थिए । उनी आएको पाँच महिनामै यो सफलता मिलेको हो ।
उनी आएकै महिनामा १० जना फरार प्रतिवादी पक्राउ परे । त्यसमा बैंकिङ्ग कसुरका ३ जना, लेनदेनका ३, चोरीका २ तथा वन र जबर्जस्ती करणीका १/१ जना थिए । साउनमा यो संख्या बढेर तेब्बर पुग्यो । साउनमा पक्राउ पर्ने फरार प्रतिवादीको संख्या ३२ पुगेको थियो । त्यसमा चोरीका १५, लागू औषध, लेनदेन, चेक अनादारका ३/३ जना, सवारी ज्यान २ तथा बैंकिङ्ग कसुर, नकबजनी चोरी, आगलागी, वन, बाल यौन दुराचार, अभद्र व्यवहार र हातहतियार खरखजनाका १/१ जना प्रतिबादी पक्राउ परेका हुन् ।
यस्तै एसपी अधिकारी आएको तेस्रो महिना भदौमा पनि २० जना फरार प्रतिवादी पक्राउ परे । त्यसमा चेक अनादार ५, बैंकिङ्ग कसुर, चोरी, कुटपिट र सवारी ज्यानमा २/२ जना तथा ज्यान मार्ने उद्योग, लागूऔषध, मानव बेचविखन, जबर्जस्ती करणी, आगलागी, गोवध र बैदेशिक रोजगार मुद्दामा १/१ जना पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेले उपलब्ध गराएको तथ्यांक अनुसार असोज महिनामा पनि १६ जना फरार प्रतिवादी पक्राउ परेका थिए । त्यसमा जबर्जस्ती करणी मुद्दामा ६ जना, लागूऔषध, बन्यजन्तु ओसारपसार र सार्वजनिक अपराधमा २/२ जना पक्राउ परे । त्यस्तै बन, चोरी, सवारी ज्यान र बहुविवाह मुद्दाका १/१ जना पक्राउ परेका थिए ।
कार्तिक महिनामा १८ जना फरार प्रतिवादी पक्राउ परेका थिए । त्यसमा लागूऔषधका ४ जना, चोरी, लेनदेन, चेक अनादार, हेलचक्र्याइँ गरी कर्तब्य ज्यान र बाल यौन दुब्र्यवहार २/२ तथा ज्यान मार्ने उद्योग, सवारी ज्यान, घरेलु हिंसा र रेडपाण्डा मुद्दाका १/१ जना फरार प्रतिवादी पक्राउ परेको बाँके प्रहरीले जनाएको छ । यस्तै मंसिर महिनाको हालसम्म ११ जना पक्राउ परेका छन् । त्यसमा बन र गोवधका २/२ जना तथा चोरी, कुटपिट, लागूऔषध, लेनदेन, चेक अनादर, पुनःचलन र अभद्र व्यवहारमा १/१ जना पक्राउ परेका छन् ।
बाँके प्रहरी प्रमुख एसपी अधिकारीले बाँके प्रहरीले फरार प्रतिवादी पक्राउ गर्ने कार्यलाई प्राथमिकतामा राखेर अभियानकै रुपमा अगाडि बढाएको बताए ।
