
Ppu
jsb
Csb
Ksb
Bsn
Fmb
Nsb
Ksb
Ssb
Tgp
Rsb
Ksb
Rks
Gsb
Ssb
Usb

Ssb
Tsb
Gsb
Usb
Hl1

Rgu
Nps
ptl
दाङ । सामाजिक सञ्जाल फेसबुकमार्फत सय रुपैयाँ अभियान चलाएर रकम संकलन अभियान थाल्नुभएकी सरिता नेपालीले १८ जना जेष्ठ नागरिकलाई सिरक हस्तान्तरण गर्नुभएको छ ।
घोराही १६ की सामाजिक अभियन्ता नेपालीले तेरौटैस्थित जेष्ठ नागरिक सरोकार केन्द्रमा बस्दै आउनुभएका सहयोगापेक्षी जेष्ठ नागरिकहरुलाई आईतबार एक समारोहका बीच जाडोबाट बचाउन फाइबर सिरक, खाद्यान्न, फलफूल तथा अन्य श्रृंगारका सामान उपलब्ध गराउनुभएको छ । केन्द्रमा बस्दै आउनुभएका वृद्ध आमाबुवाहरुको अवस्थालाई मध्येनजर गर्दै आर्थिक सहयोग जुटाएर केही दिने सोँच बनाउँदै थालेको अभियानमा छोटो समयमा देश तथा विदेशबाट अपेक्षित रकम संकलन भएपछि १८ जनालाई जाडोबाट जोगाउन फाइबर सिरकसहित अन्य आवश्यक सामग्री सहयोग गरिएको नेपालीले बताउनु भयो । जीवनको उत्तरार्धमा परिवार र आफन्तको स्याहार पाउनु पर्ने बेलामा वृद्धाश्रममा बस्नु पर्ने पीडादायी अवस्था देखेर आफुलाई केही भएपनि सहयोग गर्नुपर्छ भन्ने मनमा लागेरै अभियानको थालनी गरेको सहयोग हस्तान्तरण कार्यक्रमका अवसरमा नेपालीले बताउनुभयो ।
‘आमाबुवा सरहका ती अनुहार देख्दा मलाई भित्रैदेखि करुणा पलाएर आयो, भेटका क्रममा आमाबुवाहरुले आफुलाई चाहिएको सामान ल्याई दिए हुन्थ्यो पनि भन्नुभएको थियो, आफुसँग नगद थिएन अनि सामाजिक सञ्जालमार्फत सय रुपैयाँ संकलन अभियान चलाएर नगद जुटाउन सफल भएँ, यसका लागि सबै सहयोगीहरु प्रति आभारी छु,’ नेपालीले सहयोग हस्तान्तरण गर्दै भन्नुभयो, अबका दिनमा अरु केही सहयोग गर्ने योजना पनि बनाएको छु । ’ ‘यो अभियानमा मैले जुटाएको रकम र गरेको खर्च सबै जानकारी पनि गराउने छु,’ उहाँले भन्नुभयो, ‘थोपा थोपा रकमबाट भएको यो सहयोगले उहाँहरुको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ भन्ने विश्वास छ ।’
नेपालीले करीव २० हजार रुपैयाँ बराबरको सहयोग गर्नुभएको छ । सो अवसरमा बालिका भुसाल, मनिषा खड्का, सुरज मगर, अरुणिमा घर्ती, निसा घर्ती, अस्मिता जिसी, मेघराज घर्तीलगायत सहयोग हस्तान्तरण कार्यक्रममा सरिक हुनुहुन्थ्यो । सरोकार केन्द्रका अध्यक्ष भुपाल गिरीले सकारात्मक सोँच राखेर गरिएको यस प्रकारको सहयोगले सकाममा सकारात्मक सन्देश जाने बताउनुभयो । उहाँले सकेसम्म कोही पनि जेष्ठ नागरिक वृद्धाश्रममा आउने वातावरण घरमा हुन नहुने तर्फ अभियान चलाउन पनि युवाहरुमा अपिल गर्नुभयो ।
माया, प्रेम, हेरचाह, स्नेह आफ्ना अग्रजहरुलाई चाहिने हुँदा यस तर्फ अबको पुस्ताले गम्भीरता पूर्वक लिनुपर्नेमा उहाँको जोड थियो । सो अवसरमा त्यहाँ रहनुभएका १८ जनाकै सुगर प्रेसरलगायत स्वास्थ्य परिक्षण पनि गरिएको थियो । उक्त कार्यमा सुर्या भाईले सहयोग गर्नुभएको अभियन्ता नेपालीले बताउनुभयो ।
