दाङ । लुम्बिनी प्रदेशमै पहिलोपटक ब्राण्डेड कुर्ची भि.बोनको सोरुम उद्घाटन गरिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्वर्गद्धारी एफएम रोडमा रहेको आचार्य अर्डर सप्लायर्स सोरुमको आज औपचारीक रुपमा उद्घाटन गरिएको हो ।
आचार्य अर्डर सप्लायर्सका प्रमुख आकाश दिप आचार्यको अध्यक्षता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिह वुढाथोकीको प्रमुख आतिथ्यतामा सोरुमको उद्घाटन गरिएको छ ।उक्त आचार्य अर्डर सप्लायर्स मार्फत भि.बोन ब्राण्डका कुर्चि, सोफा, दाराज, पर्दा लगाएतका सम्पूर्ण सजावटका सामानहरु समेत उपलब्ध रहेको सप्लायर्सका प्रमुख आचार्यले जानकारी दिनुभएको छ ।
सुपथ मुल्यमा सम्पूर्ण कोठा सजावटका सामाग्रीहरु एकै ठाउँबाट उपभोक्ताहरुलाई उपलब्ध गराउने उदेस्यले लुम्बिनी प्रदेशमै पहिलो पटक ब्राण्डेड कुर्ची भि.बोनको सोरुम दाङको घोराहीमा सञ्चालनमा ल्याईएको उहाँको भनाई रहेको छ ।