
Rgp
Ggp
Dus
Usb
Rgp
Rgp
lnp
ksb
Sgp
Asb
Dbs
Rgp
Lnp
Jns
Ggp
Lks


दाङ । आन्तरीक राजश्व कार्यालय तुल्सीपुरले दशौं राष्ट्रिय कर सप्ताहको अवसरमा उद्योग बाणिज्य संघहरुसंग समन्वय गरी जिल्लाभरका ब्यवसायि हरुलाई कर सिष्टमका बारेमा जानकारी गराउन थालेको छ । गत मंसिर १ का दिन तुलसीपुरमा उद्घाटन गरिएको कार्यक्रम हालसम्म जिल्लाका बिभिन्न उद्योग बाणिज्य संघका कार्यक्षेत्रहरुमा कर कार्यालयका प्रमुख आफै पुगेर कर प्रशिक्षण संचालन गरिरहेको आन्तरिक राजश्व कार्यालय तुलसीपुरले जनाएको छ ।
त्यस्तै हरेक ब्यवसायिहरुले आफ्नो ब्यवसाय स्थानीय सरकार र कर कार्यालयमा दर्ता गर्न र सबैले खरिद खाता र बिक्रीखाता अद्याबधिक गर्न कार्यालय प्रमुख गोपिकृष्ण कोइरालाले ब्यवसायिहरुलाई आग्रह गर्नुभयो । ठूला ब्यवसायि छोडेर स–साना ब्यवसायिहरुले खरिदखाता र बिक्रीखाता अद्यावधिक नगरेको पाईन्छ । धेरै ब्ववसायिहरुको आर्थिक कारेवार मिस म्याच भएको पाईन्छ । सरकारको न्यूतम मापदण्ड पालना नगरेर ब्यवसाय गर्नेहो भने आरामसंग भैसी पालेर बस्दा हुन्छ,किन पो ब्यवसाय गर्नें?–प्रमुख कर अधिकृत कोइरालाले भन्नुभयो ।
यस्तै चालु आ.ब. देखि ३० लाख सम्मको कारोवार गर्नेले डे वान,३० लाख देखि १ करोड सम्मको डेटु र १ करोड माथी कारोवार गर्नेले डे थ्री फर्म भरेर नियमानुसारको राजश्व दाखिला गर्नु पर्ने र ५० लाख बढीको कारोवार अनिवार्य भ्याटमा दर्ता गर्नुपर्ने नियम रहेको उहाँले बताउनुभयो । धेरै ब्यवसायिहरुबाट कारोवारको मिस म्याच हुने गरेको भन्दै कुनै पनि हालतमा राज्यलाई ब्यवसायिहरुले कर छली गर्न नपाईने प्रमुख कोइरालाले भन्नुभयो । कर तिर्नु असल ब्यवसायिहरुको कर्तब्य हो ।
त्यस्तै कर, डर होइन भर हो । सरकारले जारी गरेको आर्थिक ऐन मार्फत उद्योगी–ब्यवसायिहरुकालागि कर छुटको स्किम समेत दिएको बेला ब्यवसायी हरुलाई समयमै कर बुझाउन कर अधिकृत राजेन्द्र प्रसाद भण्डारीले आग्रह गर्नुभयो । कर सप्ताहको चौथोदिन आन्तरिक राजश्व कार्यालयले लमही र गढवा क्षेत्रमा पनि कर प्रशिक्षण सम्पन्न गरेको छ ।
गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढा मगरको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरीक राजश्व कार्यालय तुलसीपुरका कर अधिकृत टोपेन्द्र कुमार थापाले कर शिक्षाको प्रशिक्षण दिनुभएको थियो भने ब्यवसायिहरुबाट उठेका जिज्ञासाहरुको जवाफ प्रमुख कर अधिकृत कोइरालाले दिनु भएको थियो ।
यस्तै गढवा उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष युवराज पोखे्रल र निवर्तमान अध्यक्ष रविलाल आचार्यले ब्यवसायिहरुलाई समयमै कर बुझाएर राष्ट्रका असल नागरिकको भूमिका निभाउन आग्रह गर्नुभएको थियो । कर कार्यालयले जिल्लाभरका उद्योग बाणिज्य संघसंग समन्वय गरि जिल्लाका सबैजसो स्थानमा कर प्रशिक्षणको आयोजना गर्ने र मंसिर ७ का दिन उत्कृष्ट करदातालाई सम्मान गर्दै घोराहीमा समापन कार्यक्रमको आयोजना गर्ने कार्यक्रम रहेको आन्तरीक राजश्व कार्यालयले जनाएको छ । प्रशिक्षण कार्यक्रमको संचालन संघका प्रेस सल्लाहकार शिबराज पन्थीले गर्नुभएको थियो ।
