
Gisld
Rbs
Anm
Gmk
Pbu
Ksm
mbd
Sds
Mbdvs

Bbu
Gst
Wsp
Rsb
Rgu
Ssm
Hal
Sls
Sbs
Asm
Ksm
Vor
Rgs
Ggd
Tsm
nsb
Pvg
Rgu
Bbbpu

sab
bbt
Rmb
Syp
Jmb
Jmb
Bml
Abd
Pls
Ptm
Gsb
Rpp
Mks
प्युठान ।जिल्लाका विभिन्न स्थानीय तहमा निर्माण भएका क्वारेन्टाइनमा बस्नेको संख्या एक हजार नाघेको छ। जिल्लाका ९ वटै स्थानीय तहका विभिन्न स्थानमा निर्माण गरिएका क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बस्नेको संख्या १ हजार ४९ पुगेको हो । तीमध्ये १ हजार ९ जना क्वारेन्टाइनमा छन् भने ४० जना होम क्वारेन्टाइनमा रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।
शनिबार सांझ सम्ममा जिल्लामा १ हजार दुई सय ८९ बेडको क्वारेन्टाइन निर्माण भइसकेको कार्कीले बताए । क्वारेन्टाइनमा शंकास्पद र बाहिरबाट आएका मानिसहरुलाई राख्ने प्रबन्ध मिलाएको उनले बताए । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेपछी बिभिन्न ठाउँबाट जिल्ला फर्कनेको संख्य ३ हजार २४८ छ ।कार्कीका अनुसार प्यूठान नगरपालिकामा २ सय ३९, स्वर्गद्वारी नगरपालिकामा २ सय ७३ जना क्वारेन्टाईनमा छन । त्यस्तै,मल्लरानी ५९, सरुमारानी ९९, माण्डवी १४१,नौबहिनी ११६, झिमरुक ९९,गौमुखी ४६ र ऐरावती गाउपालिकामा १ सय ९ जना गरि जिल्लाभर जम्मा एक हजार ९ जनालाई क्वारेन्टाईनमा राखिएको छ।
क्वारेन्टाइनमा राखिएका उनिहरुलाई विशेष निगरानीमा राखिएको छ।उनिहरु १४ दिन सम्म अनिबार्य रुपमा क्वारेन्टाइनमै बस्ने छन ।सरकारले जारी राखेको लकडाउनका कारण जिल्लाका बजारहरु सुनसान देखिएका छन्। यहा अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन सञ्चालन भएका छैनन्।
