
Pbu
Unsku
Sgr
Rgp1
Rgp
cjs
pku
Ggp
Lnp
Pes
Srbpu
Gfs
Djs
sbs

Tsm
Rgu
Rgs
Pvg
Ssm
Bbbpu
Ggd
Rsb
Vor
Gst
Hal
Bbu
Ksm
Asm
Wsp
Sls
Sbs
nsb
Rgu

Mks
Abd
Pls
bbt
Rpp
Bml
Jmb
Jmb
sab
Syp
Ptm
Gsb
Rmb
दाङ । दाङ जिल्लाको १० स्थानीय तहमा रहेका जम्मा एक सय वडा मध्य नेकपा माओवादी केन्द्र दाङले शनिबार ९८ वटा वडाहरुमा वडा सम्मेलन मार्फत वडा कमिटी गठनलाई अन्तिम चरणमा पुर्याएको छ । माओबादी केन्द्रले निर्वाचन प्रकृया मार्फत सम्मेलन गरे पनि कमिटी चयनमा भने सर्वसम्मतीको प्रयास भएको हो ।
राप्ती गाउँपालिका वडा नम्बर ७ मा मेला लागेको कारण र बबई ७ मा विषेश कारणले सम्मेलन हुन नसकेको र अन्य ९८ वटा वडामा सम्मेलन भएको माओबादी केन्द्रले जानकारी दिएको छ । त्यस्तै केन्द्रले अहिले वडा कमिटी गठनमा ३३ प्रतिशत महिला र १५ प्रतिशत दलितको अनिवार्य प्रतिनिधित्व गर्ने व्यवस्था गरेको छ । गाउँ नगरको वडामा २७ जना निर्वाचित र २ जना मनोनित गरी २९ सदस्यी र उपमहानगरमा ३१ जना निर्वाचित र ४ जना मनोनित गरी ३५ सदस्यी कमिटी बनाउने माओबादीको पार्टी विधानमा रहेको छ । केही वडाहरुको कार्य समितिको टुंगो लागे पनि अधिकांश वडाहरुमा सहमतीबाट जिम्मेवारी बाँडफाँडको काम भैरहेको माओबादी केन्द्र दाङले जनाएको छ ।
सोही अनुसार लमही नगरपालिका वडा नम्बर १ मा विष्णुुप्रसाद शर्मा, २ मा जयनारायण चौधरी, ३ मा लोकमणि बन्जाडे, ४ मा रमेश सुनार, ५ मा चित्रबहादुर केसी, ६ मा कृष्णप्रसाद घिमिरे, ७ मा धुर्ब कुमार चौधरी, ८ मा जोगराज चौधरी र ९ मा भान सिंह वली वडा अध्यक्ष चयन हुनुुभएको छ । यसैगरी, दंगिशरण १ मा विजय बिष्ट, २ मा दिलबहादुर परियार, ३ मा टोपाराम चौधरी, ४ मा ठाकुुर चौधरी, ५ मा मोहलाल गिरी, ६ मा भरथरु चौधरी र ७ मा तुल्सीराम चौधरी वडा अध्यक्षमा निर्वाचित हुनुुभएको छ ।
त्यसैगरी,बबई गाउँपालिकाको वडा नम्बर १ मा गम्मरचन रोका, २ मा कृष्ण बहादुुर खत्री, ३ मा बालीराम वली, ४ मा विष्णुु विक, ५ मा टेकबहादुर खत्री, ६ मा रमेश चौधरी र ७ मा १० गते सम्मेलन हुने भएको छ । यस्तै घोराही उपमहानगरपालिका वडा नम्बर १७ मा पदम केसी र १८ मा सुुरस बुढामगर नेकपा माओबादी केन्द्रको वडा अध्यक्षमा चुुनिनुु भएको छ । अन्य वडाहरुमा नेतृत्व चयन गर्ने क्रम चलिरहेको माओबादी केन्द्रले जनाएको छ ।
त्यस्तै यता राजपुर गाउँपालिका वडा नम्बर १ मा स्यामलाल वली, २ मा तुल्सीराम भण्डारी, ३ मा राजबहादुर यादव, ४ मा परशुराम यादब, ५ मा अम्मरबहादुर बोहरा, ६ मा नेत्रबहादुर केसी र ७ मा टेकबहादुुर राना क्षेत्री निर्वाचित हुनु भएको छ ।
