
Srbpu
Sgr
Pbu
Unsku
Rgp
Djs
cjs
sbs
Lnp
Ggp
Pes
Gfs
pku
Rgp1

Pvg
nsb
Ssm
Gst
Ggd
Asm
Vor
Rgu
Wsp
Rgs
Bbu
Ksm
Bbbpu
Rsb
Sls
Sbs
Rgu
Hal
Tsm

Rmb
Jmb
bbt
Mks
Bml
Rpp
Gsb
Pls
Abd
Ptm
Jmb
Syp
sab
दाङ । देशरभरका सामुदायिक रेडियोले तिर्ने विद्युत महसुल घटेको छ । विद्युत नियमन आयोगका अनुसार गैर नाफामूलक उद्धेश्यले स्थापना भएका सामुदायिक रेडियोहरूले अब प्रतियुनिट ७ रुपैयाँ ८० पैसा तिर्नुपर्ने छ ।
यस अघि गैरव्यापारिक शीर्षकबाट प्रति युनिट १२ रुपैयाँ तिर्दै आएका रेडियोहरूलाई औद्योगिक वर्ग अन्तर्गत ग्रामीण एवम् घरेलु उद्योगमा राखिएको विद्युत नियमन आयोगका सदस्य एवम् प्रवक्ता डाक्टर रामप्रसाद धितालले बताउनुभयो ।
त्यस्तै अघि सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) ले सामुदायिक संस्था सरहको बिजुलीमा छुटको व्यवस्था गर्न नेपाल विद्युत प्राधिकरणसँग माग गर्दै आएको थियो । सामुदायिक रेडियोले तिर्ने विद्युत महसुल घटाउने निर्णय गरेकोमा अकोराबले आयोगका पदाधिकारी, ऊर्जा मन्त्री पम्फा भुसाल, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतका सरोकारवाला निकायलाई धन्यवाद दिएको छ ।
अकोराबका अध्यक्ष अर्जुन गिरीद्वारा जारी विज्ञप्तिमा आफूहरूले उठाएको जस्तो सामुदायिक संस्थासरहको मान्यता नदिइए पनि यसअघि बिजुलीको खपतवापत चर्को आर्थिक भार खेपीरहेका सामुदायिक रेडियोलाई अहिलेको व्यवस्थाले राहत पुगेको उल्लेख गरिएको छ ।
