सागर थापा आइतबार, कार्तिक २८, २०७८

काठमाडौं । डिआइजीको दरबन्दी थपेर बढुवा हुने दौडधुपमा लागेका एक एसएसपीले अवकाश पाएका छन् । एसएसपी नरबहादुर खत्रीले आइतबारदेखि अवकाश पाएका हुन् ।

एसएसपीको ५५ वर्षे उमेरहदका कारण उनले अवकाश पाएका हुन् । डिआइजीमा बढुवा भएको भए उनको जागिर अझै डेढ वर्ष लम्बिने थियो । उनीसहित अवकाश पाउन लागेका केही एसएसपीहरु डिआइजीको दरबन्दी थप्ने प्रयासमा लागेका छन् । त्यसका लागि प्रहरी प्रधान कार्यालयले गृहमा पत्राचार समेत गरेको थियो । तर, दरबन्दी थपको निर्णय हुन नसक्दा खत्रीले अवकाश पाएका छन् ।

त्यस्तै अन्य एसएसपीहरु हरिराज वाग्ले, मोहन आचार्य, नलप्रसाद उपाध्याय, पूजा सिंह लगायतले पनि उमेरहदका कारण अवकाश पाउन लागेका छन् । गृहमन्त्री सकारात्मक भएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसमा चासो नदिदा दरबन्दी थप नभएको स्रोत बताउँछ । उता गुप्तचरबाट आएका एसपीहरुको जोडबलमा एसएसपीको पनि दरबन्दी थप्ने प्रयास भइरहेको छ । ठूला जिल्लामा एसएसपी खटाउने योजना अन्र्तगत दरबन्दी थप हुन लागेको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]