दाङ । नेपाल प्रहरीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ नयाँबस्तीका टोप बहादुर पुनको हत्या आरोपमा संलग्न थापालाई पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका – ४ गहतेराका गाउँका रेशम थापा मगर रहेको प्रहरीले जनाएको छ । थापालाई सोमवार घर नजिकैको जंगलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनु भयो ।
यस्तै घटनामा संलग्न सोहि ठाउँका विनोद राना र खिम बहादुर राना फरार रहेका छन् । गएको शनिवार रातीको समय लठ्ठी र धारिलो हतियार प्रयोग गरी पुनको हत्या भएको थियो ।