
Rbs
Gsl
Csbus
gms
Ddhbs
Syees
Jsbus
Pbu
syysr
Amb
Nssbus7
Ssbus
Gsbus
Bksbus5
Ratbs
dsbus

Gst
Bbu
Sbs
Pvg
Rgu
Rgs
nsb
Wsp
Sls
Bbbpu
Vor
Tsm
Ksm
Rsb
Ggd
Asm
Rgu
Hal
Ssm

Abd
Jmb
Pls
Syp
Jmb
Rpp
Ptm
sab
Bml
Rmb
bbt
Mks
Gsb
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार राजीनामा दिने भएका छन् । पूर्वसहमति अनुसार मुख्यमन्त्री शाहीले सोमबार नै पदबाट राजीनामा दिन लागेको कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले जानकारी दिए ।
‘पूर्वसहमति अनुसार आज नै मुख्यमन्त्रीज्यूले नेतृत्व हस्तान्तरण गर्नुहुन्छ,’ नेता शाहीले भने, ‘केही प्रक्रियाहरु पूरा हुँदैछन् । आज बेलुकासम्म राजीनामा आउँछ ।’
गत वैशाख ३ गते मुख्यमन्त्रीले विश्वासको मत लिँदा ६ महिनापछि सत्ता हस्तान्तरण गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार तत्काल पदबाट राजीनामा दिनुपर्ने कांग्रेसले दबाब दिँदै आएको छ । ‘हामीबीच भएको समझदारीअनुसार मुख्यमन्त्रीजी अगाडि बढ्नुहुन्छ । क्याबिनेट बोलाइएको छ, राजीनामा आउँछ, ढुक्क हुनुहोस,’ नेता शाहीले भने ।
कर्णाली प्रदेश सरकारकी प्रवक्ता सीताकुमारी नेपालीका अनुसार मुख्यमन्त्री शाहीले साँझ ५ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सो बैठकबाट शाहीले राजीनामा दिने बताइएको छ ।
मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भीमप्रकाश शर्माले भने केन्द्रीय गठबन्धनबाट राजीनामा दिन निर्देशन आइनसकेका कारण सोमबार नै राजीनामा दिने वा नदिने भन्ने यकिन नभएको बताए । ‘कांग्रेसका साथीहरुले ५ बजे नै राजीनामा दिनुपर्छ भन्नुभएको छ, अहिले छलफल भइरहेको छ तर राजीनामा दिने यकिीन भइसकेको छैन,’ उनले भने ।अनलाइनखबर
