
Csbus
Amb
Ddhbs
Jsbus
dsbus
Ssbus
Gsl
Rbs
Gsbus
gms
Bksbus5
Pbu
Ratbs
Nssbus7

Asm
Ssm
Rgu
Vor
Hal
Bbu
Bbbpu
Rsb
nsb
Rgs
Gst
Ksm
Wsp
Tsm
Sls
Rgu
Ggd
Pvg
Sbs

Mks
sab
Jmb
Abd
Jmb
Rpp
bbt
Ptm
Gsb
Rmb
Pls
Bml
Syp
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले बाँकेमा जुवा-तासको खाल लुकिछिपी संचालन भइरहेको बारे प्रहरीले सुचना संकलन गरिरहेको बताउनुभएको छ । उहाँले सुचना संकलन भइरहेको र केही दिनमै जुवा-तासको खाल संचालन गर्ने ब्यक्तिहरु पक्राउ पर्ने बताउनुभयो ।
‘जुवा-तासको खाल संचालन गर्नु अपराध हो, २-४ ठाउँमा छापा हान्दैछौँ । बाँकेमा कहाँ-कुन ठाउँमा जुवा-तासको खाल संचालन भइरहेको छ भन्ने बारे हामीलाई सुचना दिनुहोस्, प्रहरीले तुरुन्तै कारबाही गर्छ, हामी हाम्रो तर्फबाट सतर्क भएर चुस्त रुपमा लागिरहेका छौँ, सचेत नागरिकसंगपनि सुचनाको अपेक्षा गर्छौँ, कतै गलत भइरहेको छ भने हामीलाई सम्पर्क गर्नुहोस् ।’उहाँले अहिले जुवाडेहरु धेरै चलाख भइसकेको, सानो समुह बनाएर बिभिन्न हतकण्डा अपनाएर जुवा-तास खेल्ने गरेकाले प्रहरी समक्ष सुचना आउन नसकेकाले कहीँ-कतै लुकिछिपी त्यस्ता गतिबिधी भएका छन भने प्रहरीलाई सहयोग गर्न नागरिकहरुलाई आग्रह गर्नुभयो ।
प्रहरीको आँखा छली बाँकेमा करोडौँको जुवा खाल संचालन
उपरीक्षक अधिकारीले जुवा-तासको केसमा प्रहरीलाई समेत बिबादमा ल्याउने धेरै जुवाडेहरुको प्रयास हुने भएकाले पुख्ता-तथ्यगत सुचना संकल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रहरीलाई सहयोग र साथ दिनुहोस्, तँपाइको छेउँ-छाउँमा कहीँ कतै कुनै अपराधिक प्रवृत्ति बढी रहेको छ वा त्यस्ता मनोवृत्तिका मानिसहरु देख्नुहुन्छ भने प्रहरीलाई संपर्क गर्नुहोस्, सिधै मलाई संपर्क गर्नुहोस् ।’
उहाँले नागरिक पनि आफैमा प्रहरी हुने गरेकाले नागरिक-प्रहरी साझेदारी गर्दै अपराध निर्मुल गर्ने दिशामा हात मिलाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
