
Tgp
Rks
Ksb
Bsn
Nsb
Ksb
Ppu
Ssb
Gsb
Ksb
Usb
Csb
jsb
Rsb
Ssb

Gsb
Tsb
Usb
Ssb
Hl1

ptl
Rgu
Nps
दाङ । देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ’ए’ र जुकाको औषधि खुवाइँदै छ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ’ए’, एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ ।
भिटामिन ’ए’ र जुकाको औषधि खान आज छुटेका बालबालिकालाई भोलि पनि खुवाउन सकिने छ । यता दाङमा ५८ हजार ३८ जना बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउने लक्ष्य लिईएको छ ।
स्वास्थ्य कार्यालय दाङका जनस्वास्थ्य नर्स सीता कुँवरका अनुसार ६ महिना देखी ५ बर्ष सम्मका ५८ हजार ३८ जना बालबालिकालाई भिटामिन ए र ५१ हजार ७१ जना १ बर्ष देखी ५ बर्ष सम्मका बालबालिकालाई जुकाको औषधी खुवाउने लक्ष्य रहेको छ ।
जिल्लाभर ९ सय ३१ जना महिला स्वास्थ्य स्वयसेविकाहरुले भिटामिन ए र जुकाको औषधी खुवाउने छन् । महिला स्वास्थ्य स्वंयसेविकाहरुले टोल टोलमा केन्द्र बनाएर औषधी खुवाउने कार्यक्रम रहेको छ ।
