
Srbpu
Rgp1
Rgp
Djs
sbs
Lnp
Sgr
Pes
Pbu
Ggp
Unsku
pku
cjs
Gfs

Ssm
Asm
Ksm
Rgu
Rsb
Sls
Bbu
Pvg
Sbs
Rgu
Rgs
Hal
Vor
Gst
Bbbpu
Ggd
Tsm
Wsp
nsb

Abd
Bml
Mks
Ptm
Syp
Rmb
Jmb
Gsb
Jmb
Rpp
sab
Pls
bbt
काठमाडौं । बर्दियाको राजापुरबाट फर्किएका दुई भारतीयमा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ ।
ती दुवै भारतीय नागरिक हुन् । उनीहरु राजापुर कोठियाघाटस्थित क्रसर उद्योगका मजदुर रहेको बताइएको छ । उनीहरु लकडाउनका बीच गत ५ वैशाखमा दुवैतर्फका प्रहरीको आँखा छलेर भारत उत्तरप्रदेशको बहराइच जिल्लास्थित घर गएका थिए ।
नेपालबाटै संक्रमित भएर गएको पाइएपछि उच्च सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए । क्रसर उद्योग आसपास क्षेत्रमा विशेष सतर्कता अपनाइएको उनले जनाए ।
प्रमुख जिल्ला अधिकारी लामिछानेले भारतको बहराइच प्रशासनले इलाका प्रहरी कार्यालय जमुनाहालाई पत्र लेखेर नेपालबाट गएका दुई भारतीयमा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएको उल्लेख गरे ।
लामिछानेले क्रसर उद्योगमा कार्यरत अरु मजदुर र उनीहरुको सम्पर्कमा आएका मानिसहरुको नमुना संकलन गरी परीक्षण गरिएको छ ।
तर, पीसीआर परीक्षणमा उद्योगमा कार्यरत पाँच भारतीय र ११ नेपाली कसैमा पनि कोभिड–१९ पुष्टि भएन ।
