
dsbus
Ssbus
gms
Bksbus5
Nssbus7
Gsbus
Rbs
Ddhbs
syysr
Pbu
Ratbs
Csbus
Syees
Gsl
Amb
Jsbus

Bbbpu
Sbs
Rgu
Gst
Rgs
Sls
Vor
Pvg
Ssm
Asm
Tsm
Bbu
Rsb
Rgu
Ggd
Ksm
Hal
Wsp
nsb

sab
bbt
Jmb
Abd
Pls
Rpp
Gsb
Rmb
Mks
Ptm
Jmb
Syp
Bml
दाङ । लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य तथा नेकपा एमाले पार्टीको केन्द्रीय सदस्य रेवतीरमण शर्माले यो मुलुकमा अझै पनि नेकपा एमाले पार्टी नै सबैभन्दा ठुलो पार्टी रहेको बताउनु भएको छ ।
नेकपा एमाले गढवा गाउँपालिका वडा नम्बर १ वडा कमिटीले शुक्रबार आयोजना गरेको अगुवा कार्यकर्ता सम्मान तथा कार्यकर्ता प्रशिक्षण एवं दशै तिहार मिलन आदानप्रदान कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका शर्माले नेकपा एमाले पार्टीले पिछडिएका नागरिक दलित,जनजाति जेष्ठ नागरिक, महिला, अपांग, भएका व्यक्तिको हितमा काम गर्दै प्रत्येक गाउँ, बस्तीमा छिरेर त्यहाँको नागरिकको समस्यालाई बुझि नागरिक कै हितमा दत्तचित्त भएर काम गरेको बताउनु भयो ।
अगुवा कार्यकर्तालाई सम्मान एवं धन्यवाद दिदै शर्मा भन्नू भयो,यो मुलुकको नेतृत्व जब एमाले पार्टीले गर्छ तब हरेक कार्य दुखी-गरिब र मुलुक कै हितमा काम गर्ने गर्छ त्यसकारण आजपनि यो मुलुकमा नेकपा एमाले नै पहिलो पार्टी रहेकोे छ ।
म तपाईहरुलाई भन्न चाहन्छु,हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओली यो मुलुकको प्रधानमन्त्री हुँदा साथ लामो समयदेखि भारतले कब्जा गरेर राखेको कालापानी,लेपुलेक लिम्पियाधुरा क्षेत्रलाई प्रमाण सहित नक्सा जारी गरेर औपचारिक रुपमा संसदमा पेश गरि राष्ट्रिय सहमति गराई संविधान संसोधन गर्दै त्यस नक्सालाई संविधानमा उल्लेख गरेर संयुक्त राष्ट्रसंघमा दर्ता गर्न सफल हुनु भएको छ । जुन कार्य गर्न कुनै चानचुने थिएन शर्माले भन्नू भयो ।
यो मुलुकमा नेकपा एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओली पाएपछि धेरै उदाहरणीय कार्यहरु भएका छन् । जसले जे भने पनि एमाले सरकारमा जाँदा साथ शिक्षा,स्वास्थ्य,खानेपानी, विद्युत, पुलपुलेसा, बाटाहरु,त्यस्तै बेरोजगार युवाहरुको लागि प्रधानमन्त्री सरोजगार कार्यक्रमदेखि अन्य थुप्रै कामहरु गरेको शर्माले बताउनु भयो ।
त्यस्तै कार्यक्रममा जिल्ला सदस्य तथा विशिष्ट अतिथि सहजराम यादवले राजनीति खराब भयो भने प्रस्थिती बिग्रे र नागरिकले दुख पाउने भएको हुँदा यो देशको विकास निर्माणको काम गर्नका लागि अब जनताको हितमा काम गर्नु पर्ने बताउनु भयो ।
यस्तै गढवा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बाबुराम अधिकारीले जनताको लागि चाहे दुखमा होस् चाहे सुखमा होस् आफुहरु सधैव तड्पड रहेको बताउनु भयो । नेकपा एमाले एक विशाल पार्टी रहेकोले यस पार्टीमा सबै अताउन सकिने अधिकारीले भन्नू भयो, म आजै घोषणा गर्न चाहान्छु यस वडामा नेकपा एमालेको जित सुनिश्चित छ । हामीले नियम संगत भएको कामलाई कुनै पनि नागरिकलाई भेदभाव नराखि काम गरेका छौं ।
म जब यस वडामा जननिर्वाचित भएर आइसकेपछि, वर्षऔं वर्ष पहिलेदेखि खानेपानीको समस्याबाट यहाँका नागरिकहरु पीडित थिए, मैले पहिलो कार्य त्यो गरे वडा अध्यक्ष अधिकारीले कार्यक्रममा सो कुरा बताउनु भयो । यहाँ स्वास्थ्य चेकजाँच गर्न बाहिर जानू पर्ने स्थिति थियो त्यो समस्या पनि समाधान भएको छ । त्यस्तै बाटोघाटो,विद्युत पुर्याउन सकिएको बताउनु भयो ।
वडा कमिटीका अध्यक्ष ढकबहादुर महतराको अध्यक्षता तथा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य तथा नेकपा एमाले पार्टीको केन्द्रीय सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यता र जिल्ला सदस्य तथा गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवको विशेष आतिथिमा सम्पन्न भएको कार्यक्रममा पार्टीका बुद्धिजीवी डम्बरबहादुर योगी,गढवा गाउँपालिका वडा नम्बर १ का वडा कमिटी सदस्य हेमा रिमाल,शिक्षा संगठन लुम्बिनी प्रदेशका सदस्य लालमणी गिरी लगायतका वक्ताले बोल्नु भएको थियो ।
जिल्ला सदस्य कृष्ण गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा ८० बढी अगुवा कार्यकर्तालाई सम्मान पत्रका साथ अबिर, टिका, तथा दोसल्ला र टोपी ओढाएर भव्यका सम्मान गरिएको थियो भने उक्त कार्यक्रमको संचालन एमाले पार्टीका जिल्ला कमिटी सदस्य गोबिन्द बहादुर बोहराले गर्नु भएको थियो ।




