
Pbu
Dbs
ksb
Jns
Rgp
Lks
Ggp
Lnp
Rgp
Asb
Ggp
Usb
lnp
Dus
Rgp
Rgp
Sgp


बाँके । नेपालगन्जमा खान अयोग्य माछा बिक्री गरिएको पाइएको छ। बुधबार अनुगमन टोलीले अनुगमनका क्रमममा सो कुरा भेटाएको हो। विभिन्न पसलमा अनुगमन गर्दा ४९ केेेेजी खान अयोग्य माछा बरामद गरिएको बताइएको छ।
बरामद गरिएका खाना नमिल्ने माछालाई अनुगमन टोलीले नष्ट गरेको छ। साथै त्यस्ता खान अयोग्य माछा बिक्री गर्ने पसलेलाई अनुगमन टोलीले चेतावनी समेत दिएको छ। पसलहरुले बिना दर्ता माछा मासु पसल सञ्चालन गरेको पाइएकोले पनि तत्काल दर्ता गरेर मात्र सञ्चालन गर्न निर्दशन दिइएको अनुगमन टोलीले जानकारी दिएको छ ।
अनुमति नलिएर संचालन गरेका ३ वटा पसललाई दर्ता गरेर मात्र खोल्न भनिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो ।
