Sidha Patra बुधबार, आश्विन १३, २०७८

काठमाडौं । नेपाली कांग्रेसमा पाँच जिल्लाको मात्रै क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी छ । मंगलबार थप तीन जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक भएको हो ।

मंगलबार कैलाली, सर्लाही र धनुषाको क्रियाशील सदस्यता सार्वजनिक भएको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । योसँगै ७२ जिल्लामा क्रियाशील सदस्यता विवाद टुंगिएको हो । श्रेष्ठका अनुसार रसुवा, सप्तरी, रौतहट, बारा र पर्साको क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी छ ।

कांग्रेसमा १४ औं महाधिवेशन अन्तर्गत स्थानीय अधिवेशन भइरहेका छन् । वडा अधिवेशन सम्पन्न ६४ जिल्लामध्ये करिव ६९ जिल्लामा पालिका अधिवेशन सम्पन्न भइसकेका छन् । बाँकी जिल्लामा दशैंअघि पालिका अधिवेशन सम्पन्न भइसक्ने कांग्रेसले जनाएको छ ।

कांग्रेसले २१ हिमाली जिल्लामा भने दशैं अघि जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरिसकेको छ । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९-१३ सम्म काठमाडौंमा हुँदैछ ।अनलाइनखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]