
Rgp
Lks
Rgp
Dbs
Pbu
lnp
Sgp
Ggp
Jns
Asb
Dus
Ggp
ksb
Rgp
Rgp
Lnp
Usb


दाङ । राष्ट्रिय अनलाईन पत्रकार संघका उपाध्यक्ष एबिसी संचार खबर24नेपाल सिधा पत्र क्राईम ब्युरो प्रमुख घोराही निवासी पत्रकार सागर थापाले आफ्नो जन्म दिनको अवसरमा मानव कल्याण समाज दाङ घोराही शाखाद्वारा सन्चालीत सेवा घरमा रहेका बृद्ध-बृद्धाहरु नानी-बाबु हरुलाई दिउँसोको नास्ता दुध र बिस्कुट सहयोग गर्नुभएको छन ।
दाङ घोराही उपमहानगरपालिका १५ निबासी पत्रकार सागर थापाले आफ्नो जन्मदिनमा सकारात्मक सन्देश दिन सामाजिक उत्तरदायित्व बहन गर्नेक्रममा उक्त सहयोग गरिएको बताए ।
आफ्नो जन्म दिनमा बृद्ध-बृद्धाहरु नानी बाबुहरु लाई सहयोग गर्न पाउदा निकै खुसी लागेको भन्दै आउदा दिनमा यस्ता सामाजिक कामहरु निरन्तरता गर्दै जाने पत्रकार थापाले बताए ।
धेरैले जन्म दिनको नाममा केक काट्ने सहित रमाइलोको नाममा साथी भाइ बोलाएर तडक भडक गरेर अनाबश्यक फजुल खर्च गर्ने गरेको भन्दै त्यसलाई चिर्न हरेक बर्षझै यसबर्ष पनि आफ्नो जन्म दिनमा बृद्ध-बृद्धालाई सम्झिएको र बृद्धबृद्धालाई घरमै सम्मान गरिनुपर्छ र बृद्ध-बृद्धालाई बृद्धाआश्रम होइन,घरमै सम्मानपुर्बक बाच्न पाउनु पर्छ भन्ने पत्रकार थापाले बताए ।
