
Csbus
Nssbus7
Jsbus
Gsl
Rbs
Gsbus
gms
Ratbs
Amb
Pbu
Ssbus
Ddhbs
dsbus
Bksbus5

Wsp
Ksm
Hal
Bbu
Sbs
Sls
Rgs
Rgu
Ggd
Rsb
Gst
Ssm
Vor
nsb
Rgu
Bbbpu
Asm
Tsm
Pvg

sab
Jmb
Rpp
Bml
Abd
Syp
Jmb
bbt
Rmb
Pls
Gsb
Mks
Ptm
गुल्मी । गुल्मीका सबै स्थानीय तहमा दमकल खरिद गर्ने निर्णय भएको छ । जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले जिल्लाका सबै स्थानीय तहमा दमकल खरिद गर्ने निर्णय गरेको हो ।स्थानीय तहमा दमकल नहुँदा आगलागीबाट ठूलो क्षति व्यहोर्नुपर्ने अवस्थाको अन्त्यका लागि सबै स्थानीय तहमा दमकल खरिद गर्ने निर्णय गरिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । जिल्लाका स्थानीय तह १२ वटा मध्ये रेसुङ्गा नगरपालिकामा मात्रै दमकल रहेको छ । जिल्ला सदरमुकाम तम्घासमा रहेको नगरपालिकाको दमकल अन्य स्थानीय तहसम्म पुग्दा ठूलो जनधनको क्षती भएको हुनसक्ने दुर्घटनालाई अन्त्यका लागि सबै स्थानीय तहमा दमकलको व्यवस्था गर्न लागिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । सुक्खा समयमा घर, गोठ तथा जंगलहरूमा आगोले निकै क्षति गर्ने गरेको सन्दर्भमा स्थानीय तहकै मागको आधारमा विपत् व्यवस्थापन समितिले दमकल किन्ने निर्णय गरिको हो ।बिपद व्यवस्थापन समितिले पेट्रोलियम व्यवसायी संघले पेट्रोलियम पदार्थको अभाव हुन नदिने र पसलहरूबाट बिक्री–वितरण तत्काल बन्द नगरे कडा कारबाही गर्ने पनि समितिले निर्णय गरेको छ । कोरोना संक्रमणको विषयमा विपत् व्यवस्थापन समितिले जिल्लाबाहिरबाट आउने सबैलाई पालिकाको क्वारेन्टाइनमा अनिवार्य राख्ने, विदेशबाट आएर क्वारेन्टाइनमा बसेकाहरूको रÞ्यापिट टेस्ट गर्ने र प्रमाणपत्र दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी लक्ष्मण पाण्डेयले जानकारी दिए । बालबालिकालाई दिइने खोप तथा ज्येष्ठ नागरिक उपचार सेवा सञ्चालन गर्ने, अलपत्र परेका मजदुरलाई व्यवस्थापन गर्ने, विपन्न परिवारलाई केन्द्रीय मापदण्डअनुसार खाद्यान्न राहत उपलब्ध गराउने निर्णय भएको पाण्डेयले बताए ।
